
काठमाडौँ | कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। बेलौरी नगरपालिका-९ रतनपुर बस्ने एक पुरूषलाई खजुवा जंगलमा लगेर खुकुरी देखाएर कुटपिट गरेको घटनामा पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी टेकबहादुर रावतले जानकारी दिए।
घटना असोज २३ गते साँझको हो। उक्त घटनाबारे उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। रतनपुरका २१ वर्षीय आशिष विष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरूवा पक्राउ परेका छन्। उनीहरूमाथि प्रहरीले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग एवं अपानजनक अमानवीय व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।