
काठमाडौँ | उपत्यकामा दशैँलाई लक्षित गर्दै शुरू भएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री/वितरण बुधवारदेखि बन्द हुने भएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घले बुधबारसम्म मात्रै संयुक्त रूपमा ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्ने जनाएको हो । सङ्घले बिहीवारदेखि पुरानै व्यवस्थाअनुसार नजिकका डिलरमार्फत ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
दैशैँका बेला ग्यास खरिदमा सहजता ल्याउने भन्दै उद्योगीहरूले अस्तिदेखि उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर पायक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने व्यवस्था गरेका थिए । शुरूमा असोज ३१ गतेसम्म संयुक्त रूपमा ग्यास बिक्री/वितरण गर्ने भनिए पनि उद्योगीहरूले त्यसपछि एक दिन घटाएर असोज ३० गतेसम्म कायम गरेका थिए ।