२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

बहुप्रतिभाशाली गायिका केसीको लोक दोहोरी गीत ‘मेरी मायाँलाई’ सार्वजनिक

२०७४, १ मंसिर शुक्रबार ०६:०१

ताराबहादुर महत । मंसिर १, दोलखा । काठ क्षेत्रकी लोकप्रिय गायिका सावित्री केसीको नयाँ साङ्गितिक कोशेली लोक दाहोरी गीत ‘मेरी मायाँलाई’ भर्खरै बजारमा आएको छ ।

प्रकाश पुरीको शब्द रहेको यो गीतमा आवाज काठ क्षेत्रका चर्चित गायक नवराज घोरासैनी गायिका सावित्री केसीले भर्नुभएको छ । गायक घोरासैनी लामो समयपछि श्रोता दर्शकमाझ यो गीतमार्फत देखिनुभएको छ । गीतमा मन छुने लय भरेर यतिबेला चर्चामा हुनुहुन्छ, प्राय गायनमा दख्खल देखिनुभएकी सावित्री केसी । बैदेसिक रोजगारीमा गएर पनि नेपाली लोक गित संगितलाई अत्यन्तै मायाँ गरीरहनुभएका सर्जक प्रकाश पुरीले लोक गीत संगितको यात्रालाई निरन्तरता दिईरहनुभएको छ ।

खासगरी मायाप्रेमका ठट्यौलीदेखि दशैंतिहारसम्मका मनै रुवाउने गीत पस्केर श्रोता दर्शकमाझ लोकप्रिय रहनुभएका सर्जक प्रकाश पुरीले मेरी मायाँलाई बोलको लोक दाहोरीको शब्द संकलन गर्नुभएको हो । गीतको भिडियोमा दोश्रो शंकर विसीको उपनामले चिनिने दोलखाली मोडल संजिव ठकुरीले र विसखा तिमिल्सिनाले लोभलाग्दो अभिनय गर्नुभएको छ । मिलन फिलिम्स प्रोडक्सन प्रालिले गीतलाई उत्पादन तथा वितरण गरेको हो । दोलखाको कालिञ्चोक गाउँपालिका जन्मेर डेढ दशकअघि देखि काठ क्षेत्रका लोक दाहोरी गितमा आवाज भर्दै आउनुभएकी सावित्री केसी पछिल्लो समय लय संकलकका रुपमा समेत उदाउन थालेकी छिन । रेडियो नेपालबाट स्वर परिक्षा पास गरेर साथीभाईको हौसला र रहरै रहरमा लोक गीत संगित क्षेत्रमा लागेकी केसी लोक गीतको जर्गेना गर्नकै लागि पनि साङ्गतिक यात्रालाई निरन्तरता दिईरहेको बताउँछिन ।

डाँडैमा हावा सरर, रेशम डोरीले, डाँडै काटी जाउ, विष फलेछ अमृतको बोटैमा, प्रदेशीको दशैं लगायत दुई दर्जन बढी गीतमा आवाज भरीसकेकी केसी पछिल्लो समय खस्किँदै गएको संगित बजारप्रति भने चिन्तित देखिन्छिन् । 

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि