2026-08-31 05:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागिः दाहाल

मङ्सिर १, चितवन | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका लागि बनेको बताउनुभएको छ । 

चितवन क्षेत्र नं ३ को गीतानगर बजारमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा आफ्नो उम्मेदवारी राष्ट्र र जिल्लाको समृद्धिका लागि भएको बताउनुभयो । 

अध्यक्ष दाहालले पहिलो संविधानसभाको निर्वाचनमा विद्रोह र शान्ति जोड्नका लागि आफूले रोल्पा र काठमाडौँबाट उम्मेदवारी दिएको तथा दोस्रो संविधानसभाको निर्वाचनमा मधेश र पहाड जोड्न सिराहा र काठमाडौँबाट उम्मेदवारी दिएको उल्लेख गर्दै राजनीतिक एजेण्डा सिद्धिएकाले अबको आफ्नो उम्मेदवारी राष्ट्रको समृद्धिका लागि भएको धारणा व्यक्त गर्नुभयो । 

बिपी र गिरिजाप्रसाद कोइरालाको सपना आफूले पूरा गर्ने भन्दै उहाँले काँग्रेसले गणतन्त्र विरोधी गतिविधिमा लाग्नेको समर्थन गर्नु दुवै शीर्ष नेताको अपमान गर्ने काम गरेको बताउनुभयो । 

अध्यक्ष दाहालले नेपाललाई विकासको गतिमा अगाडि बढाएर नयाँ इतिहास रच्ने बेला आएको छ भन्दै यसमा साथ दिन आम जनसमुदायलाई आग्रह गर्नुभयो । 

पश्चिम चितवनको गीतानगरस्थित बिपी चोकमा भएको सो कार्यक्रममा उहाँले नेपालकै राजनीतिक इतिहास बोकेको यस क्षेत्रका राजनीतिक योद्धाहरुको आफूले सम्मान गर्ने पनि बताउनुभयो । काँग्रेसका केही पुराना नेताको नाम लिँदै उहाँले उहाँहरुको राजनीतिक त्यागको प्रशंसा पनि गर्नुभयो । 

अध्यक्ष दाहालले अबको निर्वाचनमा कसैले पैसाको भरमा निर्वाचन जित्छु भन्ने ठान्छ भने त्यो दिवा सपना वाहेक केहि होइन भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग