
काठमाडौँ | बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले क्षतिग्रस्त भएको आरुघाटको पुल मर्मत थालिएको छ। गोरखा र धादिङ जोड्ने पुलको गोरखातर्फको भाग बाढीले बगाएको थियो। भत्किएको ठाउँमा अस्थायी पुल राख्न बेस बनाउने काम भइरहेका छ।
८५ मिटर लामो यो पुलको २५ मिटरको आरसीसी भागमध्ये बाढीले गोरखातर्फको २२ मिटर बगाएको थियो। ६० मिटरको ट्रस भाग भने सुरक्षित छ। विजयादशमीअगावै बेलिब्रिज राख्ने गरी काम भइरहेको जनाइएको छ।