2026-10-15 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ

2026-10-15

काठमाडौँ | मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षण गराउने श्रमिकसँग सरकारले तोकेको शुल्कबाहेक अतिरिक्त रकम असुल गरेको आरोपमा चार जना पक्राउ परेका छन् । स्वास्थ्य परीक्षणका क्रममा ‘बायो–मेडिकल सर्भिस चार्ज’का नाममा गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाएर श्रमिकलाई आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रविन्द्र केसी, गोरखा नगरपालिका–३ घर भई हाल काठमाडौँको टोखा नगरपालिका–११ महादेवटार बस्ने ४२ वर्षीय प्रविण तिवारी र सर्लाहीको मलंगवा नगरपालिका–४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती बस्ने ४५ वर्षीय रामपुकार तिवारी छन् । सीआईबीका अनुसार मलेसियामा वैदेशिक रोजगारीमा जानका लागि गरिने स्वास्थ्य परीक्षणमा नेपाल सरकारले निर्धारण गरेको शुल्कबाहेक ‘म्याक्रोटेक प्रालि’को नाममा ‘बायो–मेडिकल सर्भिस चार्ज (मेडिकल स्क्रिनिङ)’ उल्लेख गरी अतिरिक्त रकम असुल्ने गरिएको थियो ।

यसरी गैरकानूनी रूपमा संगठित ढंगले रकम संकलन गरी श्रमिकलाई आर्थिक हानि पुर्‍याएको र संलग्न व्यक्तिहरूले आर्थिक लाभ लिएको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी तथा कैलाश खड्कासमेत प्रतिवादी रहेको ठगीसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ । पक्राउ परेका चारै जनालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । यस घटनाबाट पीडित भएका श्रमिकलाई प्रमाणसहित सीआईबी वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भई उजुरी तथा जाहेरी दिनसमेत ब्यूरोले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु