2026-09-08 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिलवालले जनतालाई धनी बनाउने, राणाले व्याज स्वरुप भोट माग्दै

मङ्सिर १, ललितपुर । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ । 

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट अर्थराज्य मन्त्री उदयशम्शेर राणा र वाम गठबन्धनबाट नवराज सिलवालबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुबै उम्मेदवार जनताका घर–दैलोमा पुगेर मत माग्न व्यस्त रहेको दृश्य जो कोहिले सजिलै देख्न सकिन्छ । 

युवा नेताको अग्रपंक्तिमा परिचित राणा काँग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्षको कार्यभारसमेत सम्हालीसक्नु भएको छ । 

शालिन तथा नम्र भाषाका धनी राणाले आफ्नो विजय सुनिश्चित भएको उल्लेख गर्दै जनमानसबाट लोकतान्त्रिक गठबन्धनको साथ पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा जसरी काँग्रेसको पक्षमा जनताले साथ दिएर विजयी गराउनुभएको थियो त्यसरी नै मंसिरमा हुन लागेको चुनावमा लोकतान्त्रिक गठबन्धनले साथ पाउनेमा आफू विश्वस्त रहेको पनि उहाँले बताउनुभयो । 

नेता राणाले लोकतान्त्रिक संविधान काँग्रेसकै नेतृत्वमा निर्माण भएको र चुनाव सम्पन्न भएपछि देशले आर्थिक समृद्धिको गति लिनेछ भन्दै लोकतान्त्रिक शक्तिको विजयले मात्र देशमा विकास र समृद्धि हुनसक्ने दाबी गर्नुभयो । 

बहुचर्चित कान्तिलोकपथ सडक निर्माण तीव्र गतिले हुनुमा काँग्रेसको नेतृत्वमा भएको र त्यसले प्रत्यक्ष रुपमा राष्ट्र विकासमा थप टेवा पुगेको बताउँदै उहाँले उक्त सडक काठमाडौंँबाट छोटो दुरीमा हेटाँैडासम्म पुग्ने सडकको रुपमा परिचित रहेको छ, सो सडक आगामी दुई वर्षभित्र सम्पन्न हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

यसैगरी वाम गठबन्धनबाट मैदानमा उत्रनुभएका प्रहरीका प्रहरी पूर्व नायब महानिरीक्षक सिलवालले यस क्षेत्रको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

प्रहरी सेवामा लामो अनुभव संगाल्नुभएका सिलवालले आर्थिक तथा सामाजिक रुपले जनतालाई सम्पन्न बनाउन आफू कटिबद्ध रहेको उल्लेख गर्दै मुलुकको आर्थिक संमृद्धि र स्थायीत्वका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । 

गाउँमै रोजगारी सिर्जना गरेर विदेशिएका युवालाई रोक्नु आजको आवश्यकता भएको बताउँदै उहाँले भ्रष्टाचारमुक्त नेपाल र हरेक क्षेत्रलाई आर्थिक एव‌ सामाजिक रुपले पारदर्शी बनाउन आफू लागिपर्ने धारणा व्यक्त गर्नुभयो । 

प्रहरी सेवामा आफूले न्याय नपाए पनि जनताले न्याय दिनेमा विश्वस्त रहेको उल्लेख गर्दै सिलवालले जनताको घरआँगनमा मत माग्न आफू आएको बताउनुभयो । 

सो क्षेत्रमा एउटा गोदावरी नगरपालिका र वाग्मती, महांकाल तथा कोञ्ज्योसोम गरेर तीनवटा गाउँपालिका छन् । कूल ६५ हजार ९१८ मतदाता रहेका यस क्षेत्रमा पर्ने प्रदेश(क) मा ३२ हजार ८३२ र प्रदेश(ख) मा ३३ हजार ८६ मतदाता छन् । साहिला ताामाङ/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता