2026-10-30 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो

2026-10-30

काठमाडौँ | टिकटकले पछिल्लो तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाएको छ। कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेको भन्दै कम्पनीले सन् २०२६ को अप्रिलदेखि जुनसम्म २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको हो। टिकटकका अनुसार नेपालमा हटाइएका भिडियो कुल प्रकाशित सामग्रीको ०.४ प्रतिशत हो। तीमध्ये ९९.५ प्रतिशत भिडियो प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि नै स्वचालित प्रणालीबाट पहिचान गरिएका थिए। हटाइएका भिडियोमध्ये ९२.३ प्रतिशतलाई २४ घण्टाभित्र हटाइएको कम्पनीले जनाएको छ।

टिकटकले समीक्षा गरेपछि गलत ठहरिएका ३३ हजार ५०३ वटा भिडियो पुनःस्थापना गरेको छ। विश्वव्यापी रूपमा भने टिकटकले यही अवधिमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका १८ करोड ८२ लाख ९८ हजार १४१ वटा भिडियो हटाएको छ। तीमध्ये १८ करोड ३३ लाख ४४ हजार ७०७ वटा अर्थात् करिब ९७ प्रतिशत भिडियो स्वचालित पहिचान प्रविधिको प्रयोगबाट हटाइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। यो टिकटकमा अपलोड भएका कुल सामग्रीको करिब ०.५ प्रतिशत हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह