2026-10-31 01:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की

2026-10-31

काठमाडौँ | प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विपद्का समयमा जनधनको क्षति न्यूनीकरण गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। शुक्रबारदेखि परेको अविरल वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि नागरिकलाई समयमै सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका विशेष रहने उनले बताएका हुन्।

सामाजिक सञ्जालमार्फत आईजीपी कार्कीले वर्षा, सम्भावित हावाहुरी तथा त्यसले सिर्जना गर्न सक्ने जोखिम न्यूनीकरण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्। विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न सक्रिय रहने बताउँदै उनले यसका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको निरन्तर साथ, सहयोग र सहकार्य अपेक्षा गरेको बताएका छन्। ‘यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ,’ उनले भनेका छन्।

कार्कीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्दै सञ्चारकर्ममा कुनै पनि प्रकारको बाधा नपुग्ने वातावरण बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको पनि स्पष्ट पारेका छन्। विपद्को समयमा अफवाह फैलिन नदिन र नागरिकलाई जोखिमबारे सचेत गराउन तथ्यमा आधारित सूचना सम्प्रेषण आवश्यक रहेको उनको भनाइ छ । साथै, विपद्को असर कम गर्न सबै पक्षबीच अभूतपूर्व सहकार्य गर्न उनले आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै