2026-11-02 03:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल

2026-11-02

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालत, सरकार र राज्यका विभिन्न निकायसँग जोडिएर सार्वजनिक भएको बिचौलिया प्रकरणको गहिराइमा पुगेर निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् । सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रश्न उठिसकेपछि त्यसको गम्भीर अनुसन्धान हुनुपर्ने बताए ।

उनले भनेन, ‘अदालत, सरकार र समग्र राज्य संरचनालाई बिचौलियामुक्त बनाउन आवश्यक छ। सरकार आफैँसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन गर्न सक्ने हो कि होइन भन्ने प्रश्न उठेको छ। हामीले चाहेको यसको निष्पक्ष छानबिन हो। दूधको दूध, पानीको पानी छुटाइनुपर्छ। अब त्यसको निष्पक्षतामाथि पनि हाम्रो प्रश्न उठेको स्थिति छ ।’

बिचौलिया प्रकरणमा सरकार, अदालत, प्रहरी प्रशासन तथा अन्य महत्त्वपूर्ण पक्षको नाम जोडिएर आएका विषयलाई सामान्य रूपमा लिन नमिल्ने बताए। सबै पक्षको संलग्नता र भूमिकाबारे निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्ने बताए। बिचौलिया प्रकरण, पत्रकारमाथिको हस्तक्षेप, प्रहरी प्रशासनको भूमिका तथा न्यायालयसँग जोडिएका विवादित विषयको निष्पक्ष छानबिनका लागि संसद्को बैठक तत्काल बोलाउनुपर्ने बताए। पछिल्लो समय पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेपप्रति पनि गम्भीर आपत्ति जनाए। दुई तिहाइको सरकार बनेपछि प्रेस स्वतन्त्रता थप बलियो हुने अपेक्षा गरिए पनि त्यसको विपरीत पत्रकारलाई नियन्त्रण गर्ने, तर्साउने र समाचार लेखेकै आधारमा दबाब दिने काम भएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो