2026-11-02 05:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

2026-11-02

काठमाडौँ | प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् । नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका हुन् । बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले बैठकबाट दलहरूले सरकारसँग संसद् बैठक आह्वान गर्न माग गरेका जानकारी दिए।

‘प्रतिपक्षी दलको तर्फबाट यथाशीघ्र संसद बैठक आह्वान गरियोस् भन्ने माग गर्ने निर्णय गरेका छौं,’ बैठकपछि उनले भने । संसद् बैठक आह्वान गरेर जनताका विषयहरु, राष्ट्रियताका विषयहरू, लोकतन्त्रका विषयहरू र संविधान माथि उठेका कतिपय प्रश्नको बारेमा गम्भीर रुपमा छलफल गर्नुपर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

नेता हमालले बैठकमा सामसायिमक राजनीतिक विषयामा गमभीर छलफल गरेको बताए । छलफलले नेपालको राजनीतकि वृत्तमा गम्भीर समस्याहरु देखिएको महसुस गरेको उनले बताए ।‘राष्ट्रियताको सम्बन्धमा पनि गम्भीर प्रश्नहरू उठेको छ,’ हमालले भने, ‘त्यस्तै किसिमले जनजिविकाको सवालमा र विपद्बाट जनताले पाउनुपर्ने मुक्ति, पुननिर्माणका कुराहरु बारेमा पनि हामीले गम्भीर छलफल गर्‍यौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ भारी गिरावटपछि आज बढ्यो सुनचाँदीको मूल्य भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो