2026-11-05 05:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचारमा कसैले औँला ठड्याउन सकेको छैन, साढे चार वर्ष सरकार चलाउँछौँ : अर्थमन्त्री वाग्ले

2026-11-05

काठमाडौँ | अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रष्टाचारको विषयमा सरकारलाई कसैले औँला ठड्याउन नसकेको दाबी गरेका छन्। यही तरिकाले साढे चार वर्ष सरकार चलाएर आगामी निर्वाचनमा अझ ठूलो शक्तिका रूपमा फर्किने दाबी उनले गरे। ‘साढे सात–आठ महिना हुन लाग्दा पनि भ्रष्टाचारको विषयमा कसैले औंला ठड्याउन पाएको छैन। साढे चार वर्ष यस्तै गरी सरकार चलाएर हामी फेरि ठूलो शक्ति भएर आउँछौँ,’ नेपाल इन्फ्रास्ट्रक्चर समिटबारे आयोजित कार्यक्रममा मन्त्री वाग्लेले भने। उनले सरकारले सुशासन कायम गर्दै भ्रष्टतन्त्र अन्त्य गर्ने बताए। सरकारका सबै निकायबीच समन्वय गरेर काम भइरहेको उनको दाबी छ। ‘जुद्धशमशेरपछि कुनै सरकार पाँच वर्ष चलेको थिएन। अब हामी क्रमभंग गर्छौं,’ उनले भने, ‘सरकारले क्लेप्टोक्रेसी (भ्रष्टतन्त्र) क्लिनअप गर्छ।’

वाग्लेले सरकारले कानुनी सुधारलाई पनि तीव्रता दिएको बताए। उनका अनुसार विगत साढे तीन वर्षमा ३५ वटा ऐन बनेका थिए। अहिले सरकारले १६६ वटा ऐनमाथि काम गरिरहेको छ। तीमध्ये ५९ वटा ऐनलाई एउटै प्याकेजमा अघि बढाउने तयारी छ। ‘हामी बिग ब्याङ गर्दैछौँ। कामको रफ्तार अब बढ्छ,’ उनले भने। पूर्वाधार विकासमा ठूलो लगानी र तीव्र कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको पनि उनले बताए।

एकैपटक आठदेखि १० वटा ठूला पूर्वाधार आयोजना अघि बढाउने गरी काम भइरहेको उनको भनाइ छ। सबै विकासका काम राज्यले मात्रै गर्नुपर्ने अवस्था अन्त्य गर्ने नीति सरकारले लिएको उनले बताए। पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता बढाउने र निजी पुँजी परिचालन गर्ने सरकारको योजना रहेको उनको भनाइ छ। निजी क्षेत्रलाई लगानीको बाटो खोल्ने गरी बजेट ल्याइएको र वैकल्पिक विकास वित्तसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा जाने उनले बताए। वाग्लेले सरकारले अघि बढाएको सुशासनको प्रयासले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको दाबी पनि गरे। ठूलो बाढीपहिरोको सामना गर्नुपरे पनि राजस्व संकलनको गति राम्रो रहेको उनले बताए। यसलाई उनले सुशासनको लाभांशका रूपमा व्याख्या गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचारमा कसैले औँला ठड्याउन सकेको छैन, साढे चार वर्ष सरकार चलाउँछौँ : अर्थमन्त्री वाग्ले काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न आईजीपी हटाएको विषयमा कांग्रेसको टिप्पणी : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ कांग्रेसको आधिकारिकताबारे भ्रम फैलाएको भन्दै सरकारमाथि शर्माको आरोप