2026-09-19 01:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राणालाई २०६४ मा माओवादीले हरायो, २०७० मा एमालेले हरायो, अब झन् के होला ?

कुमार चौलागार्इं | मङ्सिर २, सिन्धुपाल्चोक | पञ्चायतकालीन राजनीतिदेखि नै सिन्धुपाल्चोकमा आफ्नो पकड जमाउँदै आएका राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणालाई गणतन्त्रपछिका तीन निर्वाचनमा भने पराजय व्यहोर्नुपर्यो । 

तामाङ समुदायको बाहुल्य रहेको सिन्धुपाल्चोक–२ (यसअघि ३) मा २०३८ सालपछि लगातार २०५६ सालसम्म पाँच पटक चुनाव जित्नुभएका राणालाई गणतन्त्रपछिका निर्वाचनमा एक पटक तत्कालीन नेकपा(माओवादी) तथा एक पटक नेकपा (एमाले)का उम्मेदवारले पराजित गर्दा राणा अहिले तिनै दुई दल मिलेर बनेको वाम गठबन्धनविरुद्ध नेपाली काँग्रेसको समर्थनमा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । 

यस क्षेत्रका धेरै चुनाव व्यहोरेका नवलपुरका बासिन्दाका अनुसार राणाले केही चमत्कारै गरे भने मात्र जित हुने नत्र वाम गठबन्धन उम्मेदवार हावी हुने बताउँछन् । विसं २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा माओवादीका दावा तामाङसँग पराजय भोगेका राणा दोस्रो संविधानसभा निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग दुई हजार ५०० मतान्तरले पराजित हुनुभयो । 

पाँच पटकको लगातारको जीतपछि दुई पटक पराजय भोगेपछि राणा सिन्धुपाल्चोकमा चुनाव लड्न फर्किंदैनन् भन्ने आँकलन विपरीत काँग्रेसको समर्थन लिएर पुनः मैदानमा उत्रिएपछि सिन्धुपाल्चोक–२ को चुनाव फेरि रोचक बनेको छ । 

चुनावी घरदैलोका बीच रासससँग कुरा गर्दै तामाङले अहिले वामपन्थी गठबन्धनको मत लोकतान्त्रिक गठबन्धनभन्दा १० हजार बढी रहेको र राणालाई २० हजार मतान्तरले पराजित गरिने जिकिर गर्नुभयो । “वाम गठबन्धन गणितीय हिसाबमा पनि अगाडि छ, यो पाला राणालाई हराएर हारको ह्याट्रिक चखाइन्छ” उहाँले भन्नुभयो । 

सिन्धुपाल्चोक–२ मा स्थानीय तहको चुनावअनुसार पहिलो शक्ति रहेको एमाले र तेस्रो शक्ति रहेको माओवादीबीच तालमेल छ । त्यस्तै दोस्रो शक्ति रहेको काँग्रेस र चौथो शक्ति रहेको राप्रपा(प्रजातान्त्रिक)को अर्को गठबन्धन छ । 

सिन्धुपाल्चोक–२ मा मेलम्ची नगरपालिका र चौतारा साँगाचोक नगरपालिकाका केही वडा तथा हेलम्बु, पाँचपोखरी र इन्द्रावती गाउँपालिका पर्छन् । तीमध्ये हेलम्बु र इन्द्रावती गाउँपालिका काँग्रेसले तथा मेलम्ची नगरपालिका र पाँचपोखरी गाउँपालिकामा एमालेले जितेको छ । 

स्थानीय तहमा एमालेले २६ हजार ५७०, काँग्रेसले २१ हजार ४८२, माओवादी केन्द्रले १४ हजार २७० र राप्रपाले नौ हजार पाएका थिए । यसरी हेर्दा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा करिब १० हजार मतले अगाडि छ । 

नेता राणा स्थानीय तहको निर्वाचनको मतलाई मात्र हेर्न नहुने बताउनुहुन्छ । रासससँग टेलिफोनमा कुरा गर्दै राणाले पञ्चायतकालदेखि सिन्धुपाल्चोकको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेकाले यस पटक सिन्धुका जनताले विवेक प्रयोग गर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, काँग्रेससँग गठबन्धन बनेपछि हामी बलिया छौँ, चुनाव जित्छौँ । 

निर्वाचन आउन १० दिन मात्र बाँकी हुँदा टहरामा बसेका भूकम्पपीडितको भने आक्रोश छुट्टै छ । दुवै नेताले भूकम्पपछि जिल्लामा केही गर्न नसकेको उनीहरुको गुनासो छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई