
काठमाडौँ | काठमाडौँको दरबारमार्गस्थित एक बारमा आगलागी भएको छ । दरबारमार्गको महेन्द्र शालिकस्थित लिक्विड लाउन्ज बारमा आइतबार बिहान करिब ९ बजे आगलागी भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।
‘लिक्विड लाउन्ज बारमा आगलागी भएको छ, नियन्त्रणका लागि दुई वटा दमकल पुगेका छन्, आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ,’ उनले भने । थप विवरण आउन बाँकी छ ।