2026-11-08 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु

2026-11-08

काठमाडौँ | पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका—४, धनकोटमा आइतबार बिहान एक जना व्यक्तिले अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेको घटनामा घाइते भएकी बीमा पुनमगरको मृत्यु भएको छ । उक्त वडाका वडाध्यक्ष केहेरसिंह कठायतले चन्द्रबहादुर पुनकी श्रीमती ४५ वर्षीया बीमाको मृत्यु भइसकेको पुष्टि गरेका छन् । सोही ठाउँका स्थानीय अन्दाजी ३६–३७ वर्षीय बमबहादुर रावलले बिहान सुतिरहेका बेला आएर एक्कासि अन्धाधुन्ध धारिलो हतियार प्रहार गरेका थिए । जसबाट बीमाको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।

उनका अनुसार, बाँकी ४ जना घाइते भएका छन् । घाइते हुनेमा चन्द्रबहादुरकी २५ वर्षीया भाइ बुहारी महेसरा पुन तथा छोरीहरू २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुनमगर घाइते भएका छन् । तिलाको बिहे कालिकोट भएको थियो । उनी माइतीघरमा नाबालक छोरीसहित बसेकी थिइन् । रावलले उनका ४ महिनाका छोरीमाथि पनि हतियार प्रहार गरे ।‘महेसराको दुवै हत्केला छिनेको अवस्था छ,’ घटनास्थलमा पुगेका वडाध्यक्ष कठायतले भने । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँधमा ल्याइएको छ । त्यहाँ सामान्य उपचार भए पनि गम्भीर खालको उपचार हुँदैन ।

हेलिकप्टरबाट सुर्खेत ल्याउने तयारी रहे पनि प्रक्रियागत समस्याले ढिलाइ भएको हाल प्राथमिक स्वास्थ्य केन्द्रमै रहेका सुशील रावतले बताए । प्रहरीले धारिलो हतियार प्रहार गर्ने रावललाई नियन्त्रणमा लिइसकेको छ । वडाध्यक्ष कठायतका अनुसार, बिहान सुतिरहेका बेला एक्कासि आएर रावलले मगर परिवारलाई हँसिया प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने