
काठमाडौँ | घोप्टेभीरमा सुक्खा पहिरोले अवरोध पुर्याएको पृथ्वी राजमार्ग खुलाउने क्रम जारी रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा आज बिहान सवा १० बजेतिर एक्कासि सुक्खा पहिरो खस्दा राजमार्ग अवरोध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सुक्खा पहिरोले पूर्ण अवरोध भएको राजमार्ग दुईतर्फी खुलाउने प्रयास भइरहेको छ । अहिले एक्जाभेटरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको पौडेलले जानकारी दिए । उनका अनुसार केही बेरमा राजमार्ग दुईतर्फी सञ्चालनमा आउने छ ।