2026-11-08 03:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की

2026-11-08

काठमाडौँ | निवर्तमान नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले तिहार तथा दीपावलीको अवसरमा शुभकामना सन्देश जारी गर्दै संस्थागत एकता, व्यावसायिक निष्ठा, पारस्परिक सद्भाव र जनविश्वास अभिवृद्धिमा जोड दिएका छन्। आइतबार सम्पूर्ण नेपाली नागरिक, नेपाल प्रहरीका कर्मचारी तथा उनीहरूका परिवारजनलाई तिहारको शुभकामना दिँदै कार्कीले व्यक्तिगत खुसीसँगै सामाजिक र संस्थागत सुदृढीकरणलाई पनि पर्वले प्रेरित गर्नुपर्ने बताएका हुन्। उनले सामूहिक हित, संस्थागत एकता र पारस्परिक सद्भावबाट मात्रै साझा सफलता हासिल गर्न सकिने उल्लेख गरेका छन्। भावनात्मक एकता बलियो भए मात्र संस्थागत सबलता कायम रहने उनको सन्देश छ।

कार्कीले आफ्नो शुभकामना सन्देशमा अज्ञानमाथि ज्ञान, भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय सुनिश्चित गर्ने चेतना विकास गर्नुपर्नेमा समेत जोड दिएका छन्। मनमा रहेका सङ्कीर्णता, द्वेष, अहंकार र विकार त्याग्दै विवेक, सकारात्मक सोच तथा सिर्जनशीलतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। त्यस्तै, सार्वजनिक संस्थाहरूको गरिमा, प्रतिष्ठा र जनविश्वास अभिवृद्धि गर्दै राष्ट्रसेवाप्रतिको समर्पण अझ सशक्त बनाउन तिहारले प्रेरणा प्रदान गरोस् भन्ने कामना उनले गरेका छन्। महालक्ष्मीको कृपाले व्यक्तिगत तथा पारिवारिक जीवनमा सुख, शान्ति र आत्मीयता बढाउनुका साथै सामाजिक एवं संस्थागत क्षेत्रमा उत्तरदायित्व, व्यावसायिक निष्ठा र संगठनात्मक सुदृढीकरणको भावना प्रगाढ बनाओस् भन्ने उनको शुभेच्छा छ।

सात रङ्गले जीवनलाई रङ्गीन बनाउने र सात ऊर्जाले सिर्जनशीलता जगाउने कामना गर्दै कार्कीले हरेक हृदयमा मानवता, विवेक र सद्कर्मको ज्योति प्रज्वलित भइरहोस् भन्दै तिहार तथा दीपावलीको शुभकामना व्यक्त गरेका छन्। मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो। सरकारले डा.मनोज केसीलाई नयाँ प्रहरी आईजीपीमा नियुक्त गरेको छ। उनले पदभार ग्रहणसमेत गरिसकेका छन्। महानिरीक्षक पदबाट हटाएपछि कार्कीले सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा दायर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने