
काठमाडौँ | काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार बिहान ८ बजेर ५५ मिनेटमा लाउन्जबारमा आगलागी सुरु भएको थियो । दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताए ।
आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतिको विवरण आकलन गर्ने काम भइरहेको एसपी थापाले बताए । आगलागीको कारण खुलेको छैन । विद्युत् सर्ट भएर आगलागी सुरु भएको आकलन गरिएको र त्यसबारे अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।