2026-11-08 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले

2026-11-08

काठमाडौँ | नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभयो। कुकुर तिहार, २०८३ को अवसरमा प्रथम महिला काफ्लेले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पशुपंक्षी तथा प्रकृतिप्रतिको सम्मान र संरक्षण गर्ने विशिष्ट परम्परा रहेको हाम्रा चाडपर्व र संस्कृतिलाई अन्तरराष्ट्रियकरण गरी प्रर्वद्धन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उनले कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई पशुप्रतिको प्रेम, निष्ठा, करुणा र सहअस्तित्वको सन्देश दिने अवसरका रूपमा विश्वमाझ पुर्‍याउनुपर्ने बताउनुभयो । विश्वभर कुकुरप्रतिको प्रेम र आकर्षण बढिरहेको विश्व परिवेशमा कुकुरको पूजा गर्ने मुलुकको विशिष्ट सांस्कृतिक परम्परालाई नेपालले अन्तरराष्ट्रिय पहिचानका रूपमा स्थापित गर्न सक्ने उनको भनाइ थियो । “कुकुर तिहारलाई अन्तरराष्ट्रियकरण गर्नु हाम्रो एउटा प्रमुख उद्देश्य हो । कुकुरप्रतिको प्रेम र सम्मानका साथै पूजा गर्ने हाम्रो मौलिक परम्पराको सन्देश नेपालबाट विश्वभर पुर्‍याउन चाहन्छौँ”, प्रथम महिला काफ्लेले भन्नुभयो ।

उनले कुकुर तिहारलाई एक दिनको उत्सवका रुपमा मात्र सीमित नगरी वर्षभरि नै पशु कल्याणका पक्षमा विविध गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उनले कुकुरको उचित व्यवस्थापन, खोप, स्वास्थ्य उपचार तथा उनीहरूप्रति गरिने व्यवहारमा समेत एकरुपतासहित जिम्मेवारी बोध गर्नुपर्ने खाँचो औँल्याइन् । काफ्लेले नेपालका चाडपर्वमा प्रकृति र जीवजन्तुप्रतिको सम्मान झल्कने अनेकौँ मौलिक अभ्यास रहेको उल्लेख गर्दै कुकुर तिहारसँगै काग पूजा, गाई पूजा, नाग पूजा, नेवार समुदायको म्हः पूजा र छठ पर्वलाई पनि अन्तरराष्ट्रियस्तरमा प्रर्वद्धन गर्नुपर्ने धारणा राख्नुभयो । वर्षा नभएका बेला भ्यागुताको विवाह गराउने परम्परासमेत प्रकृति र मानवबीचको सम्बन्धको उदाहरण भएको उनको भनाइ थियो ।

‘डिजिटल’ युगमा मानिसबीचको सम्बन्ध र मानव तथा प्रकृतिबीचको निकटता कमजोर हुँदै गइरहेको उल्लेख गर्दै उनले नेपाली मौलिक चाडपर्वले प्रकृतिसँगको सम्बन्ध पुनः स्थापित गर्ने सन्देश दिन सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने