मङ्सिर ३, काठमाण्डौ । गृह मन्त्रालयले बम विस्फोटका घटना बढेपछी कडा आदेश दिएको गृह स्रोतले जनाएको छ । गृह स्रोतका अनुसार बम हान्नमा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाण्डौ । गृह मन्त्रालयले बम विस्फोटका घटना बढेपछी कडा आदेश दिएको गृह स्रोतले जनाएको छ । गृह स्रोतका अनुसार बम हान्नमा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन "/>
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विस्फोट गराउँदै गरेको वा बम बोकेको थाहा पाए सीधै गोली हान्न आदेश

२०७४, ३ मंसिर आईतवार ००:५८

मङ्सिर ३, काठमाण्डौ । गृह मन्त्रालयले बम विस्फोटका घटना बढेपछी कडा आदेश दिएको गृह स्रोतले जनाएको छ । गृह स्रोतका अनुसार बम हान्नमा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको हो । ‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिँडेको पाइए सीधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भनेको छ । 

यस अघि भएका घटनामा संलग्नहरुलाई समेत सुरक्षा निकायले खोजि गरेको छ । सनिबार रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका थिए । सरकारी अस्पतालनजिक रहेको राधाकृष्ण मन्दिरमा हुन लागेको एमाले र माओवादी केन्द्रको संयुक्त सभालाई लक्षित गरी बम विस्फोट गराइएको हो ।

उक्त विस्फोटमा चियापसल चलाउने ३१ वर्षीया सरिता राई र उनका सात वर्षका छोरा जैविक राई गम्भीर घाइते भएका छन् । त्यस्तै सो घटनामा घाइते हुनेहरुमा चन्द्रपुर नगरपालिकाकी ४५ वर्षकी लक्ष्मी राई, ५५ वर्षीय रामबहादुर विक, ४८ वर्षकी कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षकी दिलमाया राई र ५० वर्षकी यमुना काफ्ले छन् । एमाले कार्यकर्ता काफ्लेको एउटा हातको औँला चुँडिएको छ ।

वाम गठबन्धनले चुनावी भेला गर्नु अघि नै विस्फोट भएको थियो । त्यस्तै सनिबारनै तनहुँमा कांग्रेस नेता पौडेललाई लक्षित गरि आक्रमण गरिएको थियो । त्यसो त सुक्रबार नुवाकोटमा पनि शक्तिशाली बिष्फोट हुँदा केहि घाइते भएका थिए । तनहुँ घटनापछी बोल्दै कांग्रेस नेता रामचन्द्र पौडेलले निर्वाचनको मुखमा किन यसरी आक्रमण भयो ? भन्ने बिषयमा छानविन हुनुपर्ने बताए । 

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश