2026-11-20 03:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

2026-11-20

काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाहीले आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले पार्टीका वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई सर्वोच्च नेताको रुपमा बस्न समेत प्रस्ताव गरे । उनले पार्टीमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै अग्रजको अनुभव र युवाको नेतृत्व स्थापित गर्न आफू अग्रसर भएको दाबी गरे ।

उनले राप्रपालाई सीमित चुनावी उपलब्धि र सत्ता समीकरणमा मात्रै केन्द्रित नराखी राष्ट्रवादी विचारको बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले सांसद बन्नकै लागि कहिले कहिले एमालेसँग, कहिले माओवादीसँग र कहिले काँग्रेससँग मिल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने समेत बताए । पार्टीलाई विभाजित नभई एकतावद्ध बनाउन समेत पार्टीको नेतृत्व र संगठनात्मक सुधार आवश्यक रहेको बताए । उनले आसन्न महाधिवेशनमार्फत पार्टीको नेतृत्व परिवर्तन गर्न नसके पार्टीले थप क्षति व्यहोर्नुपर्ने समेत बताए ।

उनले भने, ‘पार्टीका अध्यक्षज्यूलाई म सर्वोच्च नेताका रूपमा आउनका लागि प्रस्ताव गर्दछु । किनकि अब पनि यो पार्टीलाई युवा पुस्ताले हाँक्नुपर्छ । पछिल्लो दिनहरूमा हामीले खोजेर पनि पार्टी पाउन नसक्ने स्थिति सिर्जना भइरहेको छ । हामीले अग्रजलाई हटाउने होइन, अग्रजको सम्मान र युवाहरूको नेतृत्व सुनिश्चित गर्न अगाडि बढेका हौं । हामी विभाजन गर्न होइन, सबैलाई जोड्न आएका हौं । मुटुको कुनामा राखेर दबाएको विचारलाई खुलेर स्थापित गर्ने समय आएको छ । हामीले बोकेको झण्डा केवल चुनाव चिन्ह मात्र होइन, हाम्रो इतिहास, त्याग, बलिदान र राष्ट्रवादी पहिचानको प्रतीक हो, त्यो प्रतीक फेरि फैलाउनुपर्ने दिन आएको छ । त्यसैले अब यो विचारलाई केवल जोगाएर राख्ने मात्र होइन, दुई,चारवटा सिट जितेर, एकदुईवटा बार्गेनिङ गरेर, कहिले एमालेसँग, कहिले माओवादीसँग, कहिले कांग्रेससँग मिल्ने कुराको अन्त्य गर्नुपर्छ । राप्रपा अब सिन्डिकेट, लास र दासको पार्टी बन्दैन । यो राष्ट्रवादीहरूको शक्ति र युवाहरूको जोस र जाँगरका साथ अगाडि बढ्ने छ । पार्टीमा यदि हामीले पुस्तान्तरण गर्न सकेनौँ भने अहिले अध्यक्ष कसलाई बनाउँछु, त्यो कुरा महत्त्वपूर्ण होइन । आज निर्वाचन आयोगमा पनि झन्डै १ सय वटा पार्टीहरू दर्ता छन् । १ सय वटा पार्टीका मान्छेहरू अध्यक्ष छन् । तर जनताले पत्याएन भने त्यो पार्टीको कुनै महत्त्व हुँदैन ।’

राप्रपाको महाधिवेशन यही मंसिर २६,२७ र २८ गते काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावका विषयमा सरकारको संवादहीनताले समस्या ल्याउँछ : गगन थापा राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा एनपीएल फाइनलको टिकट खुलेको केही समयमै ‘सोल्ड आउट’ रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने वातावरण बनाउनुपर्छ : स्वास्थ्यमन्त्री मेहता प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत, मन्त्रिपरिषद्का ७ महत्वपूर्ण निर्णय सार्वजनिक आउँदै आएन भन्ने नपरोस् भनेर आएको हुँ : केपी शर्मा ओली प्रधानमन्त्री बालेनको नेतृत्वमा ३४ सदस्यीय टोली भारत जाने मन्त्रिपरिषद्को बैठक जारी प्रधानमन्त्री बालेन शाह आइतबार भारत जाने, सोमबार साँझ स्वदेश फर्कने धादिङमा बोलेरो जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते हेलिकप्टरबाट काठमाडौँ ल्याइए सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो, प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता योगेश भट्टराई : विचार, संगठन र नेतृत्व पुनर्गठन गर्दै एमाले अघि बढ्छ २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै एमालेको राष्ट्रिय भेला सम्पन्न चितवनले टस जित्यो, पहिले ब्याटिङ गर्ने पृथ्वी राजमार्ग अन्तर्गतको घोप्टेभीरमा सुक्खा पहिरो खस्ने क्रम जारी काठमाडौँ र मोरङबाट जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ ओलीको निर्देशन : विदेश भ्रमणमा जानुअघि पार्टीलाई अनिवार्य जानकारी दिनुपर्ने बुटवलबाट कोहलपुरतर्फ जाँदै गरेको बस दुर्घटना : १४ यात्रु घाइते काठमाडौँका विभिन्न स्थानमा मङ्सिर १४ गतेसम्म दैनिक साढे ५ घण्टासम्म बत्ती जाने