
काठमाडौँ | नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। स्थानीय र प्रदेश सभा निर्वाचन एकै पटक गर्ने विषयमा बाहिर चर्चा भए पनि सरकारले आफ्नो धारणा र प्रस्ताव सार्वजनिक नगरेको उल्लेख गर्दै उनले अरू बेला प्रतिपक्ष चिन्दिनँ भने पनि निर्वाचनमा त्यो कुरा नचल्ने बताएका हुन्।
‘म नेपालमा कुनै पनि राजनीतिक दल चिन्दिनँ, प्रतिपक्षी चिन्दिनँ, कसैलाई मान्दिनँ, गन्दिनँ भन्दै गर्दा अरू बेला चल्छ, निर्वाचनमा चल्दैन,’ निर्वाचन आयोग परिसरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘कयैं विषयहरूमा सरकार म एक्लै हिँड्छु, म एक्लै जानेको छु, मलाई सबै कुरा थाहा छ भन्ने कुरा गर्दै आएकोले अरू कुराहरू चल्छ, चलेकै छ। चुनावका सन्दर्भमा संवाद पनि नगर्ने उदासिनता सरकारको छ, यसले समस्या ल्याउँछ।’
उनले यस्ता कुरा सरकारमा रहेकाहरूले बुझ्ने र छलफल गर्ने विश्वास पनि व्यक्त गरेका थिए।