काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्थानीय तहको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोग पुगेलगत्तै फर्किएका छन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारीस्वरूप शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल राखेको थियो । तर, ओली उक्त छलफलमा नबसी फर्किएका छन् ।
फर्किने क्रममा ओलीले पार्टीका तर्फबाट विभाग प्रमुख देवेन्द्र दाहाल छलफलमा सहभागी हुने बताए । ‘आउँदै आएन भनेर किन पार्नु भनेर आएको हो । छलफलमा पार्टीका निर्वाचन विभाग प्रमुख देवेन्द्र दाहाल सहभागी हुनुहुन्छ’, ओलीले सञ्चारकर्मीसँग भने ।
आयोगसँगको छलफलमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरू सहभागी छन् ।