2026-11-27 10:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगारमा एजेन्टहरुबीच लागत अशुल्ने कोड भाषा: ‘२४५ केजि-३५० केजि’ !

अनिल अधिकारी | काठमाडौं । वैदेशिक रोजगारीमा कामदार पठाउने क्रममा एजेन्टहरूसँग हुने संवादमा लागत खर्चलाई सांकेतिक भाषामा उल्लेख गर्ने गरेको पाइएको छ । म्यानपावरका शाखा कार्यालय तथा एजेन्टहरूबीच हुने ह्वाट्सएप संवादमा रोजगारीको डिमाण्डसँगै रकमलाई ‘केजी’मा संकेत गर्ने गरेको पाइएको हो ।

 

साझा सवाल मिडियालाई प्राप्त ह्वाट्सएप संवादमा तेन्दुली इन्टरनेशनल इम्प्लोयमेन्ट सर्भिस प्रालि पोखरा शाखामार्फत यूएईको युनाइटेड सेक्युरिटी ग्रुप (यूएसजी) मा कामदार पठाउन जारी गरिएको विज्ञापनसँगै सांकेतिक विवरण उल्लेख गरिएको छ ।

एलटी नम्बर ३३६२०६ रहेको उक्त डिमाण्डमा पीएसबीडी सेक्युरिटी गार्डका लागि मासिक २ हजार ७७० दिराम र डीपीएस सेक्युरिटी गार्डका लागि १ हजार ९५० दिराम तलब उल्लेख छ । तलब र पद अनुसार उक्त म्यानपावरले २४५ केजी र ३५० केजी पैसा लाग्ने भन्दै एजेन्टहरुलाई व्हाट्सएप ग्रुप मार्फत जानकारी फैलाएको देखिन्छ । म्यानपावरका शाखा कार्यालय चलाउने बाबुराम पौडेलले ‘वैदेशिक रोजगार शाखा कार्यालय’ भन्ने ग्रुप मार्फत आफ्नो डिमाण्ड एजेन्टहरुमा फैलाएको बुझ्न सकिन्छ ।

पौडेलले डिमाण्ड सेयर गरेलगत्तै ग्रुपमा ‘PSBD – 350 KG’ र ‘DPS – 245 KG’ लेखिएको छ । उक्त सांकेतिक भाषाले क्रमशः ३ लाख ५० हजार र २ लाख ४५ हजार रुपैयाँ लागतलाई आफूले पाउनुपर्ने लागत संकेत गरेको आशंका छ । अर्को बिज्ञापनमा भने पिएसविडी सेक्युरिटीको लागि ‘500K’ उल्लेख गरिएको छ । यो जानकारी पाएर कामदार दिने एजेन्टहरुले थप जतिपनि अशुली गर्न सक्ने छुट लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा चलि आएको छ ।

साझा सवाल मिडियालाई प्राप्त जानकारीअनुसार बाबुराम पौडेलले उक्त ग्रुपमार्फत तेन्दुली इन्टरनेशनलको डिमाण्ड सेयर गर्ने गरेको खुलेको छ । यद्यपि पौडेल सम्बन्धित म्यानपावर कम्पनीका आधिकारिक कर्मचारी हुन् वा स्वतन्त्र एजेन्ट मात्र हुन् भन्ने वैदेशिक रोजगार बिभागको रेकर्डमा उल्लेख छैन । यसै बिषयमा पौडेलले आफू एक बर्षदेखि म्यानपावरको शाखा कार्यालयको जिम्मेवारी लिएको बताएका छन् ।

यसअघि साझा सवालले छड्के रूपमा बुझ्ने क्रममा पौडेलले उक्त डिमाण्डको अन्तर्वार्ता आगामी शनिबार अर्थात् मंसिर १२ गते हुने पुष्टि गरेका थिए । उनका कर्मचारीले पनि यो लागत अरु म्यानपावरको भन्दा धेरै सस्तो भन्दै दावी गरेकी थिईन् ।

वैदेशिक रोजगारीको डिमाण्डसँगै तौल नाप्ने एकाइ ‘केजी’ उल्लेख गर्नु आफैंमा अस्वाभाविक देखिन्छ । रोजगारीमा जान इच्छुक कामदारबाट लिइने रकमलाई सांकेतिक भाषामा उल्लेख गरी एजेन्टहरूबीच कारोबारको सूचना आदानप्रदान गरिएको हुन सक्ने आशंका छ । यसलाई पुष्टि गर्ने क्रममा डिमाण्डमा उल्लेखित मोबाइल नम्वरमा फोन सम्पर्क गर्दा यो लागत अरु म्यानपावरको भन्दा धेरै सस्तो भन्दै दावी गरिएको विषय छ । त्यसैले ‘केजि’ संकेत गरिएको विषय लागतसँगनै सम्बन्धित विषय हो भन्ने खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ सरकारलाई सहयोग पनि गर्छौँ, गलत कामको विरोध पनि : प्रदीप पौडेल चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ सुन र चाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, ७ दिनभित्र अन्तिम सुनुवाइ हुने असमान सन्धि खारेज गर्छौँ, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन