१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५०औँ विवाह वर्षगाँठ मनाएका २० जोडी ‘आदर्श जोडी’बाट सम्मानित

४ मंसिर २०७४, सोमबार ०८:२९

मंसिर ४, चितवन । चितवनको रत्ननगरमा भएको पहिलो पूर्वी चितवन महोत्सवका अवसरमा विवाहको ५०औँ वर्षगाँठ मनाएका उत्कृष्ट २० जोडीलाई ‘आदर्श जोडी’ सम्मान प्रदान गरिएको छ । 

पछिल्लो समयमा विवाह गरेको केही वर्षमै जोडीको सम्बन्ध विच्छेद हुने स्थितिलाई न्यून गरी युवालाई लागि प्रेरणा दिने उद्देश्यले ५०औँ वर्षगाँठ मनाएका जोडीलाई यसरी सम्मान गरिएको पूर्वी चितवन महोत्सवका संयोजक नीरज श्रेष्ठले जानकारी दिनुभयो । 


सम्मानित जोडीलाई रत्ननगर अस्पतालले निःशुल्क उपचार गर्ने अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले घोषणा गर्नुभयो । दश दिनसम्म सञ्चालन भई आइतबार समापन गरिएको उक्त महोत्सवमा पूर्वी चितवनमा विभिन्न क्षेत्रबाट विशिष्ट योगदान दिएका छजना व्यक्तिलाई ‘मरणोपरान्त स्मृति सम्मान’ समेत प्रदान गरिएको थियो । 

कात्तिक २४ देखि मंसिर ३ गतेसम्म चलेको महोत्सवमा एक लाख दर्शकले अवलोकन गरेको आयोजक रत्ननगर जेसिजका अध्यक्ष सुरेशचन्द्र आचार्यले जानकारी दिनुभयो । 

झण्डै २०० कक्ष रहेको महोत्सवमा कलाकारहरू इन्दिरा जोशीे, शिव परियार, ज्योति मगर, मनोज गजुरेल, सागर आले, सुजाता पाण्डे, दिनेश काफ्ले र विनिता शाहीका मनोरन्जनात्मक प्रस्तुति थियो । 

यस्तै महोत्सवमा आयोजित दुलही शृंगार तथा रत्यौती प्रतियोगिता, विद्यालय स्तरीय नृत्य तथा वक्तृत्वकला प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । 

महोत्सवमा सहभागी भएका २०७४ सालका जोडीलाई सौराहाका निश्चित होटलमा ४० प्रतिशत छुटको हनिमुन प्याकेज घोषणासमेत गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न