२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकले प्रकाशको निधनपछी आफसेआफ उनको एकाउन्ट परिवर्तन गरिदियो !

२०७४, ४ मंसिर सोमबार ०९:३४

मङ्सिर ४, काठमाडौँ | फेसबुकले आइतवार निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुक आफसेआफ परिवर्तन गरिदिएको छ । फेसबुकले दाहालको फेसबुकमा अहिले उनको प्रोफाइलको नाम माथि 'Remembering' भन्ने शब्द हालिदिएको छ जुन  मृत्यु भईसकेको मानिसको फेसबुकको एकाउन्टमा आफै देखिन्छ । 

साथै उनको प्रोफाइल माथि फेसबुकले 'Remembering Prakash Dahal' देखिएको छ, जहाँ (We hope people who love Prakash will find comfort in visiting his profile to remember and celebrate his life.) भन्ने  संदेश देखाएको छ ।  फेसबुकले प्रयोगकर्ताको मृत्यु भईसकेपछि उसको एकाउन्टलाई आफै memorialized accounts को रुपमा परिवर्तन गर्छ भन्ने कुरा यस कुराले प्रमाणित गरेको छ । 


प्रकाशको मृत्युको खबर कसरी पायो फेसबुकले ? 

विश्वमा झन्डै आधा जनशंख्याले फेसबुक चलाउँछन् । ति मध्ये दैनिक हजारौंको मृत्यु भईरहेको हुन्छ । फेसबुक आफैले जो-जो प्रयोगकर्ता मर्छन, सबैको एकाउन्ट परिवर्तन गर्न भने सक्दैन । तर जो व्यक्ति मर्छ र उसलाई समवेदना भन्दै उसको फोटो सेयर गर्ने तथा फेसबुक मार्फत दु:ख व्यक्त भएपछी फेसबुकले त्यस्ता व्यक्तिको एकाउन्टलाई memorialized accounts को रुपमा परिवर्तन गरिदिन्छ । प्रकाशको फेसबुक एकाउन्ट पनि यस्तै भएको हुनसक्छ । 

आइतबार मृत्यु भएका प्रकाश दाहालको फोटोहरु सामाजिक संजालमा हजारौं-लाखौँले श्रद्धान्जली दिंदै पोष्ट गरेको कारण पनि फेसबुकले उनको मृत्यु भएको भन्ने बुझेर उनको फेसबुक परिवर्तन गरेको हुन सक्छ । लगातार फेसबुकमा प्रकाश दाहालकको फोटो हाल्दै उनको मृत्युबारे पोष्टहरु सेयर गरिएका थिए । 

माथिको बिषयलाई प्रमाणित गर्ने आधारहरु पनि छन् । फेसबुकको नीति अनुसार अब प्रकाश दाहालको फेसबुकको पासवर्ड कसैलाई थाहा छ भने पनि अन्य व्यक्तिले उनको एकाउन्ट खोल्न सक्दैन । किनकी फेसबुक पोलिसी अन्तर्गत memorialized account को पाँचौं बुदामा यस्तो एकाउन्ट कसैले खोल्न नसक्ने कुरा उल्लेख गरिएको छ ।

प्रयोगकर्ता मरेपछि उसको फेसबुक एकाउन्टआई फेसबुकले आफसेआफ  memorialized accounts बनाउँछ जुन एकाउन्ट परिवर्तन हुने आधारहरु तल पढ्न सक्नुहुनेछ ।


तपाइँले पनि स्वर्गीय प्रकाश दाहालको फेसबुक  https://www.facebook.com/prakash.dahal.35762 मा क्लिक गरि उक्त परिवर्तन हेर्न सक्नुहुनेछ । 

मानिस मरेपछि फेसबुक एकाउन्ट के होला ? यस बारे धेरैलाई जिज्ञाशा छ भने  तल हामीले त्यसबारे चर्चा गरेका छौं । 

मरेपछि फेसबुक एकाउन्ट के हुन्छ भन्ने बारे थप चर्चा गरौँ :- 

यहाँ हामीले फेसबुकको केहि यस्तो सेटिङको बारेमा बताउन गईरहेका छौं जसको बारेमा तपाइँलाई थाहा नहुन सक्छ । यी सेटिङ्ग तपाइको मृत्युसँग जोडिएको छ । यदी तपाई चाहनु हुन्छ कि मरेपछि पनि तपाइको एकाउन्ट अपडेट भईरहोस् ? यदी त्यसो हो भने सेटिङ्ग मार्फत तपाइँले मिलाउन सक्नुहुन्छ । त्यस्तै मरेपछि तपाइँ आफ्नो फेसबुक स्थाई रुपमै डिलिट गर्न चाहनुहुन्छ भने पनि सेटिङ्ग मार्फत मिलाउन सक्नुहुन्छ । यस्ता सेटिसिङ्ग सजिलै प्रयोग गर्न सकिन्छ । आउनुहोस् साझा सबाल टिप्स अन्तर्गत आज तपाइँलाई हामी त्यस्तो सेटिङ्ग मिलाउने तरिकाबारे जानकारी दिनेछौं ।

मरेपछी पनि तपाइँको फेसबुक चलिरहन्छ

यदी तपाई आफु मरेपछि पनि फेसबुक चलिरहोस् भन्ने चाहनुहुन्छ भने  Settings मा गएर Manage Account मा जानु पर्छ । त्यहाँ Choose a friend भन्ने अप्सन देखिन्छ । त्यहाँ तपाइले आफ्नो कुनैपनि साथीलाई एड गर्न सक्नुहुन्छ जसले तपाइ मरेपछि पनि तपाइको फेसबुक एकाउन्ट अपडेट गर्न सक्छ । Add मा क्लिक गरेपछि एउटा म्यासेज तपाइको साथीलाई जान्छ र उसले स्वीकृत गरेपछि तपाइको एकाउन्टमा तपाइको साथी जोडिन्छ । अब तपाइको त्यस साथीले तपाइँ मरेपछि पनि तपाइको फोटो अपडेट गर्न सक्छ । तर उसले तपाइको एकाउन्ट लगइन भने उसले गर्न सक्दैन । साथै पोष्टहरु सेयर गर्न पनि सक्दैन ।

मरेपछि तपाइको फेसबुक आफसेआफ डिलीट गर्न पनि सकिन्छ 

यदि तपाइँ मरेपछि आफ्नो फेसबुक पनि डिलिट गर्न चाहनु हुन्छ भने तपाई Facebook एकाउन्टको Setting मा जानुहोस् । यहाँ तपाइले Manage Account अन्तर्गत legacy contact को अप्सन देख्नुहुन्छ । त्यसमा क्लिक गरेर तल्लोपट्टि Request Account Deletion देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गर्नुहोस् । अब Delete After Death अप्सनमा क्लिक गर्नुहोस् । त्यसमा तपाइँ मरेपछि फेसबुकले तपाइको फेसबुकनै डिलिट गरिदिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली