सास । मंसिर १, बर्दिया ।

झकिझकाउ मञ्चमा छोराले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । मंसिर १, बर्दिया ।

झकिझकाउ मञ्चमा छोराले "/>

१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अामा ! मेरै कारणले हो श्रीमती र छोरालाई एचअाइभी एड्स भएकाे !

४ मंसिर २०७४, सोमबार १५:२६

सास । मंसिर ४, बर्दिया ।

झकिझकाउ मञ्चमा छोराले आमाको कानमा इमान्दार हुँदै खुसुक्क भन्दै थिए, ‘आमा ! मेरै कारणले मेरी श्रीमती र मेरो छोरालाई एचआइभी भएको हो ।’


यो दृश्य शुक्रबार गुलरिया स्थित भेरी कलेज अफ मेडिकल साइन्समा नर्सिङ, ल्याब टेक्निसियन लगायतका कार्यक्रममा अध्ययनका लागि नव प्रवेशी विद्यार्थीहरुलाई आयोजित स्वागत कार्यक्रममा प्रस्तुत गरिएको सन्देशमूलक नाटकमा देखिएको दृश्य थियो । सबै छात्राहरुले नै यसमा सम्पूर्ण पात्रहरुको भूमिका निभाएका थिए । अत्यन्तै सुन्दर ढंगबाट एचआईभी एड्का सन्दर्भमा सचेतनामूलक विषयमा केन्द्रित रहेको नाटक हेर्ने दर्शकहरुले मनोरञ्जनका साथमा सन्देश पनि प्राप्त गरिरहेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु विद्यार्थीहरुबाट प्रस्तुत गरिएको थियो ।  

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले अङ्ग्रेजी भाषा भन्दा पनि आफ्नै भाषालाई प्राथमिता दिनुपर्नेमा जोड दिनुभयो । साथै अब प्रयोगात्मक शिक्षालाई जोड दिँदै किताबी ज्ञान भन्दा पनि पायोगात्मक र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने कुरा औंल्याउनुभयो ।


सिर्जनशील प्राविधिक शिक्षालयका सञ्चालक तथा साहित्यिक व्यक्तित्व हेमराज ज्ञवालीले नेपाली भाषा पछिल्लो समयमा विकृत बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्नुहुँदै यस सवालमा सबैको चिन्ता र चासो व्यक्त गर्नुभयो । 

बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डे विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा प्रिन्सिपल गंगा पौडेलले नवआगन्तुक विद्यार्थीहरुलाई शुभकामना दिनुहुँदै कलेजबाट उत्पादित विद्यार्थीहरु अब्बल भएर निस्कनु पर्छ भन्नुहुँदै सबै विद्यार्थीहरुलाई आ–आफ्नोतर्फबाट मिहिनेत गर्नका लागि सुझाव दिनुभयो ।

हाल यस कलेजले १८ महिने कार्यक्रमहरु ४ ओटा, नर्सिङ र सिएमएलटी गरी जम्मा ६ ओटा प्राविधिक धारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जिल्लामै पहिलोपटक नर्सिङ विषयको पठनपाठन शुरु गरिएको भेरी कलेज अफ मेडिकल साइन्स छोटो समयमा मध्य पश्चिममै अब्बल दर्जामा रहँदै विगतका नतिजाहरुमा उत्कृष्ट बन्न सफल भएको कलेजका प्रवन्ध निर्देशक सुधाकर मिश्रले बताउनुभयो । 

स्वागत कार्यक्रममा बर्दिया मेडिकल इन्स्टिच्यूटका अध्यक्ष पञ्चलाल नापित, कलेजमा प्रशिक्षण गर्नुहुने प्रशिक्षक तथा कर्मचारीहरु, विद्यार्थीहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो । कलेजकै परिसरमा आयोजित कार्यक्रम अपरान्हसम्म जारी रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न