२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खुला ठाउँमै पिसाव गर्दा भेटिए राज्यमन्त्री, भाइरल भयो भिडियो

२०७४, ४ मंसिर सोमबार २०:११

मंसिर ५, काठमाडौँ | भारतका एकजना मन्त्री खुला ठाउँमा पिसाव गरेकाले आलोचनाको शिकार बनेका छन् । सरकारले ‘स्वच्छ भारत अभियान’ र नागरिकलाई चर्पीको प्रयोग गर्न आग्रह गर्ने तर मन्त्रीले भने खुला ठाउँमा पिसाव गर्ने भन्दै उनको चर्को आलोचना भएको हो । 

महाराष्ट्रका जल संशाधन राज्यमन्त्री राम शिन्धे फिल्ड भ्रमणमा रहेका बेला खुला ठाउँमा पिसाव गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । शिन्धे सरकारमा रहेकै भारतीय जनता पार्टीका भएकाले पनि केन्द्र सरकारको ‘स्वच्छ भारत अभियान’ असफल भएको विपक्षी दलले आरेप लगाएका छन्  । 

राज्यमन्त्री शिन्धेले भने आफू फिल्डमा हिँडेको र चर्पी नभेट्टाएकाले खुला ठाउँमा नै पिसाव गर्नुपरेको बताउँछन् । उनी केही महिनादेखि महाराष्ट्रका विभिन्न ठाउँमा रहेका सिंचाई आयोजनाको स्थलगत निरीक्षणमा हिँडेका थिए । दक्षिणी पश्चिम महाराष्ट्रमा पर्ने बर्शी–सोलापुर सडकखण्डमा यात्रा गरिरहेका बेला पिसावले च्यापेपछि आफू खुला ठाउँमै पिसाव गर्न बाध्य भएको उनले स्वीकार गरेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ । ‘उच्च तापक्रममा लगातारको यात्रा र धुलोलै मलाई बिरामी नै बनाएको थियो । म ज्वरोबाट समेत ग्रसित थिएँ’ उनले पिटिआईलाई भने । 

तर महाराष्ट्र राज्यको प्रमुख प्रतिपक्षी दल नेसलिस्ट कंग्रेस पार्टी (एनसिपी)ले भने मुख्य सडममा चर्पी नहुनु सरकारकै असफलता भएको बताएको छ । सरकार सार्वजनिक स्थानमा चर्पी बनाउने अभियानमा असफल भएको एनसिपीको आरोप छ । कंग्रेसले भनेको छ, ‘कसरी प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई अनुशासनको पाठ पढाउन सक्छन् जब आफ्नै मन्त्रीहरु अनुशासित छैनन् ?’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ मा ‘स्वच्छ भारत’ अभियान सुरु गरेका थिए । यसमा थुप्रै बलिउडका कलाकारहरु समेत संलग्न भएका थिए । मोदीले भारत सरकारले लाखौं चर्पी बनाइदिने घोषणा पनि गरेका थिए । तर विज्ञहरुका अनुसार मोदीको अभियान प्रभावकारी रुपमा अगाडि बढेको छैन । 

च्यारिटी सेवा गर्ने संस्था वाटर एडको प्रतिवेदन अनुसार अहिले पनि भारतमा ७ करोड मानिस खुला ठाउँमै दिसापिसाव गर्न बाध्य छन् । 

–बीबीसी डट कमबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ