१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भावुक हुँदै खुसीरामको पार्थिव शरीरमा झण्डा ओडाए ओली र प्रचण्डले

६ मंसिर २०७४, बुधबार ०७:३३

मङ्सिर ६, चितवन । जनवादी गायक तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खुसीराम पाख्रिनको पार्थिव शरीरमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । 


चितवनस्थित माओवादीको पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पाख्रिनको पार्थिव शरीरमा प्रचण्ड र ओलीले हसिँया र हथौडा अंकित कम्युनिस्ट पार्टीको झण्डा ओढाए । 

जनवादी गायक पाख्रिनको मंगलवार चितवनमा निधन भएको थियो । आइतवार निधन भएका प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै पाख्रिनको निधन भएको हो । 

विक्रम संवत २००९ साल कात्तिक ९ गते जन्मनुभएका पाख्रिनका श्रीमती, १ छोरा र २ छोरी छन् । २ छोरा मध्ये १ छोराको जनयुद्धकै क्रममा २०६१ सालमा ज्यान गएको थियो । २०३८ सालमा सगरमाथाको काखवाट भन्ने प्रगतिशील गीतवाट साङगीतिक यात्रा आरम्भ गरेका पाख्रिनका ५ सय भन्दा बढी रचना प्रकाशित भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ती जारी गर्दै पाख्रिनको निधनले पार्टी, नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिशील साहित्यक, सांस्कृतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाएको छ । 

पाख्रिनको बुधबार देवघाटमा अन्त्येष्टि गरिने माओवादी माओवादी चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु