2026-07-03 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भावुक हुँदै खुसीरामको पार्थिव शरीरमा झण्डा ओडाए ओली र प्रचण्डले

2017-11-22

मङ्सिर ६, चितवन । जनवादी गायक तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार खुसीराम पाख्रिनको पार्थिव शरीरमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । 


चितवनस्थित माओवादीको पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पाख्रिनको पार्थिव शरीरमा प्रचण्ड र ओलीले हसिँया र हथौडा अंकित कम्युनिस्ट पार्टीको झण्डा ओढाए । 

जनवादी गायक पाख्रिनको मंगलवार चितवनमा निधन भएको थियो । आइतवार निधन भएका प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै पाख्रिनको निधन भएको हो । 

विक्रम संवत २००९ साल कात्तिक ९ गते जन्मनुभएका पाख्रिनका श्रीमती, १ छोरा र २ छोरी छन् । २ छोरा मध्ये १ छोराको जनयुद्धकै क्रममा २०६१ सालमा ज्यान गएको थियो । २०३८ सालमा सगरमाथाको काखवाट भन्ने प्रगतिशील गीतवाट साङगीतिक यात्रा आरम्भ गरेका पाख्रिनका ५ सय भन्दा बढी रचना प्रकाशित भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ती जारी गर्दै पाख्रिनको निधनले पार्टी, नेपालको कम्युनिष्ट आन्दोलन र प्रगतिशील साहित्यक, सांस्कृतिक आन्दोलनमा अपुरणीय क्षति पुगेको जनाएको छ । 

पाख्रिनको बुधबार देवघाटमा अन्त्येष्टि गरिने माओवादी माओवादी चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली