१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनगायक पाख्रिनलाई प्रचण्ड र ओलीद्वारा श्रद्धाञ्जली, बौद्ध परम्पराअनुसार अत्येष्टि गरियो

६ मंसिर २०७४, बुधबार १३:०६

मङ्सिर ६, रत्ननगर | जनवादी गायक खुसीराम पाख्रिनको आज बौद्ध परम्पराअनुसार पश्चिम चितवन मंगलपुरस्थित ज्ञानेश्वरमा अत्येष्टि गरिएको छ । 

उहाँको पार्थिव शरीरलाई छोरा बाबुरामले दागबत्ती दिनुभएको थियो । जलाएर अत्येष्टि गरी अस्तु ल्याइएको जानकारी दिँदै उहाँका ज्वाई प्रताप गुरुङले तामाङ जातिको परम्पराअनुसार यही मंसिर १६ र १७ गते चोख्याउने बताउनुभयो । 

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार पाख्रिनको ६५ वर्षको उमेरमा मंगलबार हृदयाघात भई मृत्यु भएको थियो । संयुक्त वाम गठबन्धनद्वारा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाशको श्रद्धाञ्जलि सभामा मंगलबार गीत गाएपछि अस्वस्थ हुनुभएका पाख्रिनको केही घण्टामै उपचारको क्रममा मृत्यु भएको थियो । 

पाख्रिनको शव आज बिहान अन्तिम श्रद्धाञ्जलिका लागि भरतपुरस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा राखिएको थियो । सो क्रममा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेता रामबहादुर थापालगायतका नेताले अन्तिम श्रद्धाञ्जलि दिनुभएको थियो । रासस 

अन्त्यष्टि अघि: 

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहाकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा श्रद्धान्जलि अर्पण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर: नारायण अधिकारी, चितवन, रासस

नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहाकार एवं जनवादी गायक खुसीराम पाख्रिनको पार्थिव शरीरमा श्रद्धान्जलि अर्पण गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । तस्बिर: नारायण अधिकारी, चितवन, रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण