१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाबुलाई जिताउन सिन्धुपाल्चोकमा दुई छोरीको यस्तो कसरत

७ मंसिर २०७४, बिहीबार ०३:२६

मङ्सिर ७, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन् । 

राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनलाई भोट माग्दै जिल्लाको हिमाली गाउँ पुगेका दुई छोरी उर्बसी र देवयानीले यो पटक लोकतान्त्रिक गठबन्धनलाई जिताएर सिन्धुपाल्चोकमा विकासको जग मजबुत बनाउन आग्रह गरेका हुन् । 

पैतिस वर्ष अघिदेखि सिन्धुपाल्चोकलाई कर्म थलो बनाएर चुनावमा भाग लिँदै आउनुभएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष ७६ वर्षीय राणा यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । 

ती दुई छोरीले यसअघि ०७० सालको संविधानसभा निर्वाचनमा पनि सिन्धुपाल्चोकका केही क्षेत्रमा पुगेर आफ्ना बाबुलाई भोट माग्न सघाएकामा यस पटक भने पूरा तयारीका साथ गाउँगाउँ पुगिरहेका छन् । उनीहरुले आफ्ना बाबुले ३५ वर्षदेखि गाउँ गाउँमा पु¥याएको योगदान र शिक्षा क्षेत्रमा गरेको विकासको कदर गर्दै यस पटक विजय गराउन अनुरोध गरेका हुन् । 

जिल्लाको विभिन्न भागमा भएको आमसभामा सहभागी हुनुभएकी छोरी देवयानीले २ नं निर्वाचन क्षेत्रको प्रदेशसभा क र ख मा नेपाली काँग्रेसबाट उम्मेदवार रहनुभएका क्रमशः निमा लामा र विकास तामाङको साथले लोकतान्त्रिक गठबन्धनले चुनाव जित्नेमा विश्वस्त रहेको बताउनुभयो । 

लामो समयदेखि सिन्धुपाल्चोकको विकासको लागि संघर्ष गर्दै आउनुभएका बाबुले भाषणभन्दा बढी काम गर्दै आउनुभएको र अबको दिनमा पनि जिल्लाको जनताको हकहित र विकासको लागि निःस्वार्थरुपमा लागि पर्नेमा कुनै दुविधा नलिन ठूली छोरी उर्बसीले आग्रह गर्नुभयो । 

अहिले बाबुसँगै गठबन्धनबाट दुई दरिलो काँग्रेस नेताको साथ र सहयोगले चुनावी माहोल झनै तातेको बताउँदै छोरी देवयानीले काँग्रेसको प्रदेशसभाको चुनाव चिह्न रुखमा र प्रतिनिधिसभाको लागि गोलाकारभित्रको हलोमा मतदान गर्न आग्रह गर्नुभएको हो । 

काँग्रेस र राप्रपा प्रजातान्त्रिकका साथीको सहयोग तथा दुई छोरीको मेहनतले पनि आफूले सजिलै चुनाव जित्तेमा आफू ढुक्क भएको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु