2026-09-19 01:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

बाबुलाई जिताउन सिन्धुपाल्चोकमा दुई छोरीको यस्तो कसरत

मङ्सिर ७, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा बाबुलाई जिताउन पशुपति शम्शेर राणाका दुई छोरी लागि परेका छन् । 

राप्रपा प्रजातान्त्रिक र नेपाली काँग्रेसका संयुक्त गठबन्धनलाई भोट माग्दै जिल्लाको हिमाली गाउँ पुगेका दुई छोरी उर्बसी र देवयानीले यो पटक लोकतान्त्रिक गठबन्धनलाई जिताएर सिन्धुपाल्चोकमा विकासको जग मजबुत बनाउन आग्रह गरेका हुन् । 

पैतिस वर्ष अघिदेखि सिन्धुपाल्चोकलाई कर्म थलो बनाएर चुनावमा भाग लिँदै आउनुभएका राप्रपा प्रजातान्त्रिकका अध्यक्ष ७६ वर्षीय राणा यस पटकको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा हुनुहुन्छ । 

ती दुई छोरीले यसअघि ०७० सालको संविधानसभा निर्वाचनमा पनि सिन्धुपाल्चोकका केही क्षेत्रमा पुगेर आफ्ना बाबुलाई भोट माग्न सघाएकामा यस पटक भने पूरा तयारीका साथ गाउँगाउँ पुगिरहेका छन् । उनीहरुले आफ्ना बाबुले ३५ वर्षदेखि गाउँ गाउँमा पु¥याएको योगदान र शिक्षा क्षेत्रमा गरेको विकासको कदर गर्दै यस पटक विजय गराउन अनुरोध गरेका हुन् । 

जिल्लाको विभिन्न भागमा भएको आमसभामा सहभागी हुनुभएकी छोरी देवयानीले २ नं निर्वाचन क्षेत्रको प्रदेशसभा क र ख मा नेपाली काँग्रेसबाट उम्मेदवार रहनुभएका क्रमशः निमा लामा र विकास तामाङको साथले लोकतान्त्रिक गठबन्धनले चुनाव जित्नेमा विश्वस्त रहेको बताउनुभयो । 

लामो समयदेखि सिन्धुपाल्चोकको विकासको लागि संघर्ष गर्दै आउनुभएका बाबुले भाषणभन्दा बढी काम गर्दै आउनुभएको र अबको दिनमा पनि जिल्लाको जनताको हकहित र विकासको लागि निःस्वार्थरुपमा लागि पर्नेमा कुनै दुविधा नलिन ठूली छोरी उर्बसीले आग्रह गर्नुभयो । 

अहिले बाबुसँगै गठबन्धनबाट दुई दरिलो काँग्रेस नेताको साथ र सहयोगले चुनावी माहोल झनै तातेको बताउँदै छोरी देवयानीले काँग्रेसको प्रदेशसभाको चुनाव चिह्न रुखमा र प्रतिनिधिसभाको लागि गोलाकारभित्रको हलोमा मतदान गर्न आग्रह गर्नुभएको हो । 

काँग्रेस र राप्रपा प्रजातान्त्रिकका साथीको सहयोग तथा दुई छोरीको मेहनतले पनि आफूले सजिलै चुनाव जित्तेमा आफू ढुक्क भएको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई