2026-09-15 02:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामपुरमा सिटी बस सेवा शुरु, कहाँ-कहाँ चल्छन ?

मङ्सिर ७, पाल्पा । पाल्पाको रामपुरमा बुधबारदेखि सिटी बस सञ्चालनमा आएको छ । 

रामपुर क्षेत्रका जनतालाई सर्वसुलभ सेवा प्रदान गर्न र यातायातमा सबैको पहुँच पु¥याउनका लागि रामपुर यातायात व्यवसायी समितिले सिटी बस सञ्चालनमा ल्याएको हो । 

सिटी बस सेवा शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले यातायात विकासको मुख्य पूर्वाधार रहेको बताउँदै अन्य विकासका पूर्वाधार निर्माणको लागि यातायात सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 

उहाँले सडक विस्तार र स्तरोन्नतिका लागि नगरपालिकाले सहयोग गर्ने र नगरपालिका भित्रको बसपार्क व्यवस्थित गर्ने प्रक्रिया शुरु भइरहेको जानकारी दिनुभयो । 

रामपुर यातायात व्यवसायी समितिले हाल २५ वटा बस र ३१ वटा जिपमार्फत काठमाडौँसहित विभिन्न स्थानमा यातायात सेवा दिँदै आएकामा नगरपालिकाको मुख्य बजार बेझाड केन्द्रित गरेर वडा नं. १० को गेझादेखि वडा नं १ को स्यालीबजारसम्म पनि सिटी बस सञ्चालन गर्ने भएको छ । 

सिटी बस सञ्चालनमा आएपछि हर्षित स्थानीयबासी सहितका जनप्रतिनिधि, समितिका पदाधिकारी, प्रशासन प्रमुखलगायत सरोकारवालाले पेट्रोलपम्पबाट बसपार्क हँुदै बेझाड बजार परिक्रमा गरेका थिए । 

रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले जिपमार्फत सेवा प्रवाह गर्दै आए पनि रामपुरको बढ्दो शहरीकरण र जनघनत्वका कारण थप सेवाको महसुस गरी सिटी बस सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले आगामी दिनमा रामपुर नगरपालिकासहित गण्डकीबेसी क्षेत्रमा सिटी बस सेवा थप गर्दै लैजाने योजना रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ