2026-07-03 05:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

६० वटै मतदान केन्द्रमा मतदान सामाग्री र कर्मचारी सुरक्षित पुगे

2017-11-24

नन्द बहादुर रोकाया/मङ्सिर ८, मुगु । जिल्लामा मसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका लागी जिल्लाका ६० वटै मतदान केन्द्र मा मतदान सामाग्री र कर्मचारी सुरक्षितसाथ पुगेका छन । 

जिल्लामा रहेका ६० वटै मतदान केन्द्रमा मतदान सामाग्री र कर्मचारी पुगि सकेको तथा सबै केन्द्र सुरक्षित रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

मसिर १० गते हुन लागेको प्रतिनीधी सभा र प्रदेश सभाको निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्न उच्च सुरक्षा सर्तकता अपनाईएको कार्यालयले जनाएको छ । 

भौगिलक विकटताले केही मतदान केन्द्र पुग्न समय लाग्ने देखिए पछि निर्वाचनमा खटिएको जनशक्तिलाई मंसिर पाँच गते नै परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी राजीमान बुढाले जानकारीनुभयो । 

सबै मतदान केन्द्रमा कर्मचारी र मतदान सामाग्री सुरक्षित रुपमा पुगेका तथा मतदाता परिचय पत्र वितरण गर्ने कार्य समेत चलिरहेको उहाँको भनाई छ । सदरमुकाम गमगढी आसपासमा रहेका पाँच वटा मतदान केन्द्रका मतदान सामाग्री भने कार्यालयमा नै रहेका छन ।  

महाकाली उच्च मावि, निमावि भारेकोट, प्रावि सेतिवाडा, निमावि कार्कीवाडा र तलितुम गरि पाँच वटा मतदान केन्द्रका निर्वाचन सामाग्री शनिवार मात्र बुझाईने छ । 

जिल्लाका ६० मतदान केन्द्र मध्य १८ वटा केन्द्र अति संम्वेदनशील, १९ वटा केन्द्र सम्वेदनशील र २३ वटा मतदान केन्द्र सामान्य सम्बेदनशिलको सुचिमा राखिएको र हालसम्म सबै मतदान केन्द्र सुरक्षित रहेका कार्यालयले जनाएको छ । 

मतदाता परिचय पत्र उत्साहजनक रुपमा वितरण भई रहेको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट