2026-09-19 03:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसेलको सिम प्रयोग गर्नेहरुलाई खुसीको खबर !

मंसिर ८, काठमाडौं | नेपालमा दोश्रो ठुलो टेलिफोन सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आफ्ना प्रिपेड ग्राहकका लागि चार नयाँ भ्वाइस प्याकहरु ल्याएको छ । 

एनसेलका सिम प्रयोग गर्ने ग्राहकहरुले अब पहिले भन्दा सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्ने भएका हुन् । एनसेलको नयाँ भ्वाइस प्याककासाथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्ने स्किम पनि ल्याएको छ  ।

नयाँ भ्वाइस प्याकहरु यही मंसिर ७ गतेदेखि ९० दिनको लागि संचालनमा आएको एनसेलले जनाएको छ । यी नयाँ प्याक अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस सेवाको आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्छन् । साथै ग्राहकले अब तीनदिने भ्वाइस प्याक पनि सुचारु गर्न सक्छन् ।

१५ रुपैयाँमा २० मिनेट अननेट टक टाइम

दैनिक भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहितमात्र १५ रुपैयाँमा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा करसहित ७० रुपैयाँमा १२० मिनेट  टक टाइम लिन सक्छन् । त्यसैगरी ग्राहकले ३० रुपैयाँमा ५० मिनेट टक टाइम रहेको तीनदिने भ्वाइस प्याकखरिद गर्न सक्छन् । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले ३०० रुपैयाँमा ७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रतिमिनेटको दरमाभ्वाइस सेवाको मजा लिन सक्छन् ।

दैनिक भ्वाइस प्याकको समयावधि २४ घण्टाको रहेको छ । त्यस्तै साप्ताहिक भ्वाइस प्याकको समयावधि ७ दिन, तीन दिने प्याकको ३ दिन र मासिक भ्वाइस प्याकको ३० दिन रहेको छ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्र कल गर्दा कर सहित  २.५० रुपैयाँ प्रतिमिनेट शुल्क लाग्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई