२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दाङमा २९ प्रतिशत बजेट विकासमा खर्च

९ मंसिर २०७४, शनिबार ०९:४७

मङ्सिर ९, दाङ । यस जिल्लामा चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म करिब ३० प्रतिशत विकास बजेट खर्च भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालय दाङका अनुसार चालू आवको पहिलो चौमासिकसम्म २९.८५ प्रतिशत विकास बजेट खर्च भएको हो । जिल्लामा हालसम्म चालू आवका लागि रु चार अर्ब ७३ करोड ८२ लाख ५५ हजार १७० को अख्तियारी आएको प्रमुख कोष नियन्त्रण शुकदेवप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । 

कात्तिक समान्तसम्म जिल्लामा रु एक अर्ब ४१ करोड ४५ लाख ३२ हजार १६० खर्च भएको छ । तर अघिल्लो वर्षका विकास निर्माणका कामले भने गति लिन सकेका छैनन् । 

पेश्की लिएर पनि काम नगर्ने प्रवृत्तिले फिल्डमा भने काम सन्तोषजनक देखिएको छैन । मध्यपहाडी लोकमार्गमा भएको प्रगतिले मात्रै विकास सूचक सन्तोषजनक देखिएको हो, तर जिल्लाका अन्य विकास निर्माणमा भने यो अवस्था देखिएको छैन । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख बाँस्कोटाका अनुसार औसतमा हेर्दा चार महिनामा ३३ प्रतिशत हुनुपर्ने हो तर यो विकास बजेट खर्च सन्तोषजनक नै हो । 

पहिलो चौमासिकमा विकाससम्बन्धी ठेक्का प्रक्रियामा जाने भएकाले काम कम हुने गर्छ । ठेक्का प्रक्रियामा समय लाग्ने भएकाले पनि विकासका काम शुरु नहुने उहाँको भनाइ छ । दोस्रो चौमासिकबाट विकासका काम बढी हुने गर्छन् । 

जिल्लामा कात्तिक मसान्तसम्म सबैभन्दा बढी विकास बजेट मध्यपहाडी लोकमार्गमा खर्च हुन पुगेको छ । लोकमार्गमा कात्तिक मसान्तसम्म रु एक अर्ब तीन करोडभन्दा बढी खर्च गरेको छ । 

कार्यालयका अनुसार साउन महिनामा रु पाँच करोड नौ लाख ८० हजार २०० विकास बजेट खर्च भएको छ । भदौ महिनामा रु १८ करोड ५४ लाख ९२ हजार नौ, असोज महिनामा रु ७१ करोड चार लाख ८१ हजार ११ र कात्तिक महिनामा रु ४६ करोड ७५ लाख ७८ हजार ४८ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । 

स्थानीय तह तथा संघ र प्रदेशको चुनावले गर्दा पनि कम खर्च भएको यसका जानकारहरु बताउँछन् । सबैको ध्यान निर्वाचनतर्फ रहेकाले पनि विकास निर्माण सुस्ताएको छ । 

स्थानीय तहहरुमा अहिलेसम्म उपभोक्ता समितिसमेत गठन हुन सकेका छैनन् । उपभोक्ता समिति गठन हुन नसकेर पनि विकास निर्माणका काम शुरु नभएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने