2026-09-08 06:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाईते

नन्द बहादुर रोकाया/मंसिर १०, मुगु । जिल्लाको पश्चिमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ४ ज्युकामा रहेको मतदान केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ता बिच भडप हुँदा दुई जना घाईते भएका छन ।

मतदान केन्द्रमा पाटीको एजेण्ट बस्नका लागि काँग्रेसले कसैको नाम सिफारिस नगरेको तथा दिउसो काँग्रेस कार्यकर्ता आएर विवाद गर्न थाले पछि झडप भएको बताईएको छ । झडप हुँदा काँग्रेस कार्यकर्ताले खुकुरी प्रहार गर्दा एमाले कार्यकर्ता तिर्थ बुढा र ८ वषीय बालक चन्द्रबहादुर रोकाया घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सञ्चार असुविधाका कारण पुरै विवरण आउन बाँकि रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मतदान केन्द्र भित्र नभएर मतदान केन्द्र बाहिर दुवै दलका कार्यकर्ता विच झडप भएको आफुलाई जानकारी आएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी राजिमान बुढाले जानकारी दिए ।  

समान्य विवाद भएको जिल्लाभर शान्तिपुण रुपमा मतदान भएको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । छायानाथ रारा नगरपालिका वडा नम्बर १२ शोभामा रहेको मतदान केन्द्र आसपास दुई वटा बम पड्किएको छ भने वडा नम्बर १० झाकोटमा विहान वम विस्फोट भएको छ । 

मतदानमा खटिएका कर्मचारी, सुरक्षा कर्मि तथा मतदातालाई असर नपर्ने गरि सामान्य रुपमा तर्साउने खालका मात्र छिटफुट घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भिमकिरण बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग