2026-09-08 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

रेल चलाउने योजना कम्युनिष्टसँग छः खतिवडा

मंसीर ११, मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एबम् मकवानपुर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरोध खतिवडाले कम्युनिष्टहरुसँग रेल चलाउने योजना रहेको बताएका छन् । 

देश विकासको महत्वकाँक्षी योजनाहरु हुँदा हुँदै पनि कम्युनिष्टहरुलाई काँग्रेसले सरकारमा लामो समय टिक्न नदिएकै कारण योजनाहरु कार्यान्वयनमा आउन नसकेको उनले बताए । 

मनहरी गाउँपालिका वडा नं ८ र ९ को संयुक्त जनसभालाई सम्बोधन गर्दै उनले अब बन्ने बाम सरकारले रेल चलाउने, राष्ट्रिय ध्वजाबाहक पानी जहाज खरिद गर्ने जस्ता कामहरु आगामी दिनमा सम्पन्न गर्ने दाबी गरे । काँग्रेसकै कारण देश अहिलेको अबस्थामा आइपुगेको भन्दै नेपालीहरुको अब निराशाको दिन सकिएको उनले तर्क गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभाका उम्मेदवार राजाराम स्याङ्तानले अनेक चालबाजी लगाएर चुनावमा होमिएका विपक्षी उम्मेदवारलाई मतदाताले प्रश्न गर्नुपर्ने बताए । 

उनले आफ्नो क्षेत्र छोडेर आएका काँग्रेस उम्मेदवारलाई यता के कसरी ढाँट्न र हल्ला गर्न सकिन्छ भन्ने मात्रै ध्याउन्न रहेको बताए । ‘विकासे योजना कुन क्षेत्रमा के गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा हुन्छ कि, पाहूनालाई ?’, उनले प्रतिप्रश्न गरे ।

३ नं प्रदेश कमिटी सदस्य तथा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले स्थानीय तहले सबै विकास निर्माणको कुरा गर्ने बताए । सांसदका उम्मेदवारहरुले विकासको बजेट बाँड्दै हिँड्नु हाँस्यास्पद रहेको उनले सुनाए । 

कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका काँग्रेस पूर्व जिल्ला सचिव बिष्णु दाहाल र पीताम्बर बास्तोलाले काँग्रेसबाट सम्बृद्धि सम्भव नरहेकाले आफूहरु बाम गठबन्धनमा आएको बताएका थिए । 

सभामा बाम गठबन्धनका प्रदेशतर्फका समानुपातिक उम्मेदवार प्रदीप घलान ओम, नेताहरु लालबहादुर थापा, रामप्रसाद कालाखेती, रामहरि सुवेदी, नवराज सुवेदी, खुसीलाल प्रजा लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कमल गोपालीको अध्यक्षतामा भएको कार्यक्रममा सूर्य सापकोटाले स्वागत र लक्ष्मण उप्रेतीले सञ्चालन गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग