2026-09-08 07:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

लोकतान्त्रिकको हेटौंडा १३ पदमपोखरीमा घर दैलो र कोणसभा

मंसीर ११, मकवानपुर । लोकतान्त्रिक गठबन्धनको हेटौंडा १३ पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पतीमा कोणसभा र पदमपोखरी को विभिन्न स्थानमा घर दैलो कार्यक्रम भएको छ । 

लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवापुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यको नेतृत्वको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पती  सहित विभिन्न टोलटोलमा पुगेर मतदातासँग लोकतान्त्रिक गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्दै घर दैलो कार्यक्रम गरेको हो ।   

घरदैलो पछि  पदमपोखरी को रातोमाटे टोल, ठुलथली र बनस्पतीमा  भएको कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्यले मकवानपुरको विकासको र १५ बर्ष लामो बामपन्थीहरुको नक्कली विकासे एजेन्डाको अनत्यकालागी लोकतान्त्रिक पक्षधरहरुलाई भोट दिन आग्रह गर्नुभयो । यस्तै राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंहले बाम गठबन्धनले मकवानपुरे जन्तालाई विकासको ढोङ् रचेर भ्रममा राखेको भन्दै  मकवापुरमा  लोकतान्त्रिकको जित अपरिहार्य रहेको बताए  । 

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधु अधिकारी, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष गोपी लाल विक, काँग्रेस नेतृ उमा दाहाल, काँग्रेस प्रवक्त प्रदिप कोईराला, लोकतान्त्रिक गठबन्धन १३ नम्बर प्रचार प्रसार संयोजक बिष्णु थिङ् लगायत टोल प्रचार प्रसार समिति सहित गठबन्धनमा आवद्ध नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । घरदैलो र कोणसभा कार्यक्रम मार्फत काँग्रेस नेता चम्फु रत्न लामाले मतदाता शिक्षा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग