2026-08-31 04:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनको निर्वाचन सुरक्षालाई ध्यान दिँदै ३९ जना पक्राउ

मङ्सिर १२, रत्ननगर | चितवनमा निर्वाचन पूर्वको विशेष सुरक्षा योजना प्रभावकारी देखिएको छ । 

जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको विशेष सुरक्षा योजनाका कारण आजसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । 

निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि जिल्लामा गुण्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने ३९ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका २० जना र विभिन्न गुण्डागर्दीमा संलग्न १९ जना रहेका छन् । 

पछिल्लो समयमा पेस्तोल र गोलीसहित खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई हाल भरतपुर महानगरपालिका– १६ बस्दैआएका ३७ वर्षीय पुरन भन्ने पूर्णबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै विमल बराल र गुञ्जसिंह गुरङलाई समेत पक्राउ गरी मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । 

चितवनमा पछिल्ला समयमा कालिका नगरपालिका, खैरहनी र वीरेन्द्रनगरको खाली जमिनमा तीनवटा सिलिण्डर पड्काइएको छ । उक्त कार्यमा संलग्न केहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला सुरक्षा समितिले जिल्लाका ५२ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेर सोही अनुसारको सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताउनुभयो । 

केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचन पश्चातका फरक/फरक सुरक्षा योजना बनाएको छ । जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन गरिएको छ भने आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन हुनेछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै