2026-09-03 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सायद तपाइँलाई थाहा छैन – भगवान श्रीरामको मृत्यु यसरी भएको थियो

सास | रामायणका धेरै कुरा गौण छन् । रामायणका मुख्य पात्र श्रीराम जसले रावणको अन्त्य गरेका थिए, तर उनको अन्त्यको बिषयमा धेरैलाई थाहा नहुन पनि सक्छ, त्यसैले आज हामी यस बिषयमा तपाइँलाई जानकारी गराउन गईरहेका छौं ।

श्रीरामले देहत्याग कसरी गरेका थिए ? 

– वाल्मिकीको रामायण अनुसार सिता धर्तिमा समावेस भएपछी पनि श्रीरामले कयौं बर्ष राज्य गरेका थिए । 

– एक दिन श्रीरामसँग काल भेट्न आए । काल श्रीरामसँग कुरा गर्न चाहन्थे । कालले श्रीरामलाई भेटे र भने ‘यदी तपाइँ र मबीच भएको वार्तालाप हामी अरु कसैले सुनेमा त्यसलाई रामले मृत्युदण्ड दिनुपर्ने प्रस्ताव राखे ।  तब रामले कालको प्रस्ताव स्वीकार गरे ।  

– त्यसपछि रामले आफ्नो कोठा बाहिर लक्ष्मणलाई द्वारपाल (पाले) राखेर भित्र कालसँग कुरा गरेर बसे। त्यतिकैमा ऋषि दुर्वासा रामलाई भेट्न आए । ढोकामा कुरुवा बसेका लक्ष्मणले ऋषि दुर्वासालाई भित्र जान नमिल्ने भन्दै रोके तर ऋषि दुर्वासा जसरी पनि रामलाई भेट्न पर्ने भन्दै भेट्न नदिए रामलाई श्राप दिने भनेर भाई लक्ष्मणलाई डर देखाए । जीवनभर दाईको सेवा गरेका लक्ष्मणलाई आफ्नो दाईलाई ऋषिको श्राप लागेमा अनर्थ हुने लाग्यो । तव लक्ष्मणले आफैलाई मृत्युदण्ड दिलाउने बिचार गरे अनि भित्र गए । 

– जीवनभर दाईको बचन राखेका लक्ष्मणले पहिलो पटक दाईले दिएको बचन तोडेका थिए । 

– कालसँग भएको प्रस्ताव अनुसार रामले आफ्नै भाईलाई मृत्युदण्ड दिनुपर्ने भयो । तब राम निकै दु:खि भए अनि भाई लक्षमणलाई देश छाडेर जान आग्रह गरे । तर लक्ष्मणले दाईलाई छाडेर कतै जान नसक्ने भन्दै मृत्युदण्ड दिन आग्रह गरे । तब लक्ष्मण सरयू नदी नजिक गए र संसारबाट मुक्त हुने इच्छा लिई आफ्नो दाईले काललाई दिएको दिएको बचन अनुसार आफै नदि भित्र छिरे। यसरी लक्ष्मणको जीवनको अन्त्य भयो र पृथ्वी लोकबाट दोश्रो लोकमा गए । लक्ष्मण सरयू नदीभित्र गए लगत्तै उनि अनन्त शेषको अवतारमा परिवर्तन भई विष्णु लोकमा गए । 

– लक्ष्मण गएपछि श्रीराम पनि भाईको मायाँले पृथ्वीमा बस्न सकेनन् र सरयू नदीको आन्तरिक भूभागसम्म गए । नदीमा श्रीराम अचानक गायब भए । फेरी केहि बेरमा नदीको भित्रबाट भगवान विष्णु प्रकट भए र उनले आफ्नो भक्तको दर्शन दिए । यसरी भगवान श्री रामले पनि आफ्नो मानवीय रूप त्यागेर आफ्नो वास्तविक विष्णु रूप धारण गरेर वैकुन्ठ धामतर्फ प्रस्थान गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही