१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोलिदेखि नेपाली बजारमा आइफोन टेन, मूल्य कति ?

१४ मंसिर २०७४, बिहीबार १३:३४

मङ्सिर १४, काठमाडौं | संसारकै ख्यातिप्राप्त फोन आइफोनको पछिल्लो आइफोन एक्स अर्थात आइफोन टेन नेपाली प्रयोगकर्ताका लागि भोलीदेखि उपलब्ध हुने भएको छ ।

नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु म्याकबुक्स, आइप्याड, आइम्याकको एक मात्र वितरक जेननेक्स्टले आइफोन टेन भोली अर्थात डिसेम्बर १ देखि सार्वजनिक हुने जनाएको छ । 

नेपालका लागि एप्पलको आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसनले नेपालमा केहि बर्षदेखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । 


जेनरेशन नेक्स्टका अनुसार आइफोन टेन नेपाली बजारमा ६४ जिबी र २५६ जिबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ । 

यसैबीच आइफोन खरिदकर्ताहरुको लागि फोन किनेपछि अर्ध वार्षिकीमा एकजना भाग्यशाली विजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछन् । यो अफर अन्तर्गत ग्राहकले आइफोन किनेपछि जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्ने हुन्छ । 

मूल्य कति पर्छ ? 

यस अघि नेपाली बजारमा आइफोन टेनको मूल्यको बारेमा बिभिन्न भ्रमहरु सार्वजनिक भएका छन् तर जेनेरेक्सले नेपाली बजारमा आइफोन टेन ६४ जिबीको १ लाख ३८ हजार र २५६ जिबीको १ लाख ५९ हजार तोकिएको जनाएको छ । आईफोन एक्सको डिस्प्ले डिजाइनमा ५.८ इन्च सुपर रेटिना डिस्प्ले, ए-११ बायोनिक चिप, वायरलेस चारजिङ्ग र डुअल १२ मेगापिक्सल रियर कैमरा तथा डुअल अप्टिकल इमेज स्टेबलाइजेशन सहित उपलब्ध छ । मूल्यको कुरा गर्ने हो भने नेपालमा आइफोन १० हालसम्मकै महँगो स्मार्टफोन हो । 


भोलीदेखिने नेपालका इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर (राइजिङ मल) सिजी स्टोर (नक्साल) क्वालिटी कम्प्यूटर (बिर्तामोड), कम्प्यूटर सेल्स सेन्टर (बुटवल), आरपीएल ग्रुप (बिर्तामोड), न्यू एटुजेट मोवाइल हाउस (नारायणगढ) बाट आइफोन टेन किन्न सकिनेछ । कम्पनीले तोकिएका स्थानबाट मात्र आइफोन किन्न ग्राहकहरुलाई आग्रह गरेको छ ।

उसले आईफोन टेन किन्दा जेननेक्स्टको होलोग्राम हेर्न पनि भनेको छ । साथै ग्राहकले एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउन www.gnextcom.com/check-service-tag गई एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् । 


यस अघि मङ्सिर १ गतेदेखि जेननेक्स्टले आइफोन ८ र ८ प्लस बिक्रि सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण