२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको क्षेत्र नं १ मा पुरानै प्रतिद्वन्द्वीबीच प्रतिस्पर्धा, कसले बाजी मार्ला ?

२०७४, १५ मंसिर शुक्रबार ०४:३०

मङ्सिर १५, कञ्चनपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा पुरानै चिरपरिचित प्रतिद्वन्द्वीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । 

संविधानसभाको निर्वाचनमा अहिलेका नेपाली काँग्रेसका दिवान सिंह बिष्ट र वाम गठबन्धनका बिना मगर प्रतिस्पर्धीका रुपमा हुनुहुन्थ्यो । अहिले प्रतिनिधिसभाको निर्वाचनमा पनि दुवै जना प्रतिस्पर्धी हुनुहुन्छ । 

एमाले र माओवादी केन्द्र दुवै पार्टीले साझा उम्मेदवारका रुपमा मगरलाई मैदानमा उतारेको छ भने काँग्रेसका बिष्ट एक्लै चुनावी मैदानमा हुनुहुन्छ । दुवै जनाले जिल्लाको दक्षिणी क्षेत्रको विकासका लागि चुनावी एजेण्डासहित प्रचार प्रसारलाई अगाडि बढाउनुभएको छ । 

स्थानीय तहको निर्वाचनको वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा एमालेको १८ हजार ५६९ र माओवादी केन्द्रको १६ हजार ११५ मत गरी वाम गठबन्धनको ३४ हजार ६०४ मत छ भने काँग्रेसको १४ हजार ९५६ मत छ । चार स्थानीय तह रहेको १ नं निर्वाचन क्षेत्रमा सबै स्थानीय तहमा वाम गठबन्धनको पार्टीका नेताले नै प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्ष पद जितेका थिए । 

उक्तं निर्वाचन क्षेत्रमा आठ हजार ५९ मतदातामध्ये महिला ४५ हजार १०७ र पुरुष ४२ हजार ९५२ छन् । वाम गठबन्धनका उम्मेदवारले सीमा समस्या समाधान, सडकको स्तरोन्नति, सिमसार समस्या समाधान, जंगली जनावरको आतंक नियन्त्रण, दोदा र चौधर नदीको कटान नियन्त्रण, आरक्ष विस्थापित समस्याको स्थायी समाधान, शिक्षा, स्वास्थ्य, पर्यटकीय क्षेत्रको विकास, राना थारू संस्कृतिको संरक्षण र प्रचारप्रसार लगायतका विषयलाई चुनावी मुद्दा बनाएका छन् । 

पुनर्वास सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली लागेर स्थानीयवासी गोविन्द गौतमको हत्या भयो । लगत्तै सरकारी स्तरबाट आएको अनुगमन टोलीलाई काँग्रेसको नेतृत्वमा सरकार बन्ने बित्तिकै फिर्ता बोलाइयो, प्रतिनिधिसभा सदस्य उम्मेदवार मगरले भन्नुभयो, “अनुगमन टोलीले काम गर्न नपाउँदा समस्या ज्यूँ का त्यूँ छ । हामी वाम गठबन्धनको सरकार बनाएर सीमा समस्याको स्थायी समाधान खोज्न चाहन्छौँ ।” 

शेरबहादुर देउवा नेतृत्वकै सरकारले तत्कालीन आरक्ष क्षेत्र विस्तारका क्रममा २०५८ सालमा विस्थापित गरिएका परिवारको हालसम्म पनि पुनः स्थापना नभएको विषयसमेत वाम गठबन्धन र नेपाली काँग्रेसका उम्मेदवारको चुनावी मुद्दा बनेको छ । 

कञ्चनपुरकै दुर्गम गाउँपालिका लालझाडीलाई राना पर्यटकीय गाउँका रुपमा विकास गर्न सकिने योजनासहित चुनावी प्रचारप्रसार भइरहेको नेकपा एमालेका जिल्ला अध्यक्ष तथा १ नं क्षेत्रको प्रदेशसभा १ का उम्मेदवार तारा लामा तामाङले बताउनुभयो । 

काँग्रेसका उम्मेदवार बिष्टले जिल्लाको पुरानो सदरमुकाम बेलौरी बजारलाई नमूना शहरका रुपमा विकसित गर्ने चुनावी एजेण्डा अगाडि सार्नुभएको छ । 

छोटी भन्सारलाई भन्सार कार्यालयका रुपमा स्थापना गरी व्यापारिक केन्द्रका रुपमा बेलौरीलाई चिनाउने प्रतिबद्धता उहाँले गर्नुभयो । 

प्रदेशसभाका उम्मेदवार गोपाल गुरुङले राना थारू जनजातिको ऐतिहासिक पृष्ठभूमि जोगाउनका लागि सङ्ग्रहालय स्थापना गर्ने, एलानी जग्गाको लालपुर्जा उपलव्ध गराउने, दुर्गम बस्तीमा कालोपत्र सडक बनाउने, जंगली हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउने, बाढीबाट विस्थापनमा परेका परिवारको पुनः स्थापना गर्ने चुनावी एजेण्डासहित मैदानमा उत्रिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु