२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनविरोधी गतिविधि गर्नेलाई जनताले मत दिँदैनन्: मन्त्री पाण्डे

२०७४, १६ मंसिर शनिबार ०९:४४

मङ्सिर १६, चितवन । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले जनताले जनविरोधी गतिविधि गर्नेलाई मत नदिने बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले आज आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै बाँदरमुढे घटनाको योजना बनाउने र मतपत्र च्यातेर जनतालाई दुःख दिनेजस्ता काम गरेकालाई जनताले यसपटक सवक सिकाउने बताउनुभयो । 

जनताले अहिले आश्वासन नभई विकास चाहेको भन्दै उहाँले यसअघिका योजना सफल बनाउन र आगामी विकासका योजनालाई निरन्तरता दिनका लागि पनि जनताले विवेक पु¥याउने बताउनुभयो । 

“स्व गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्छु भन्ने अनि स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धन तोड्ने अविश्वासी पात्र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चितवनका जनताले पाठ सिकाउने छन्,” उहाँले भन्नुभयो । अहिलेको वाम गठबन्धनका कारण एमालेलाई ठूलो धक्का लागेको उहाँको भनाइ थियो । “व्यक्तिगत फाइदाका लागि जे पनि गर्न हुन्छ” उहाँले भन्नुभयो । 

माओवादी अध्यक्ष दाहालले निर्वाचन जिते चितवनको बदनाम हुने मन्त्री पाण्डेको भनाइ थियो । आफू यही क्षेत्रमा विगत २२ वर्षदेखि राजनीति गर्दै आएकाले जनताको हरेक पीडा आफूलाई थाहा भएको उहाँले बताउनुभयो । 

“उहाँ भर्खर चितवन आउनुभयो, यस क्षेत्रका लागि नयाँ हुनुहुन्छ,” उहाँले भन्नुभयो । दाहाललाई भेट्न जनताले विभिन्न बाटो प्रयोग गर्नुपर्ने चाहेर पनि भेट्न पनि नसक्ने भन्दै उहाँले आफूलाई सहजरुपमा भेट्न सक्ने बताउनुभयो । दाहाल यस क्षेत्रबाट उठ्दै गर्दा जनताले उहाँको विकल्पमा आफूलाई मतदान गर्ने मन्त्री पाण्डेको विश्वास छ । 

पाण्डेले यस क्षेत्रको विकास गर्दै पहिलो पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने आफ्नो योजना रहेको बताउनुभयो । जंगली जनावर यस क्षेत्रको आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै उहाँले यसलाई व्यवस्थापन गर्न नसक्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको बताउनुभयो । आफूसँग विकासका लागि राम्रा योजना रहेको भन्दै उहाँले विदेशिएका युवालाई स्वदेशमा नै फर्काउने खालका कार्यक्रम आफूले तयार पारेको बताउनुभयो । 

रेवा, राप्ति, नारायणी नदीमा तटबन्ध गरेर त्यस आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने मनत्री पाण्डेले बताउनुभयो । तटबन्धमाथि सडक निर्माण गरी जनावारलाई बस्ती छिर्नबाट रोक्नेलगायतका काम आफूले गर्ने उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु