२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनविरोधी गतिविधि गर्नेलाई जनताले मत दिँदैनन्: मन्त्री पाण्डे

१६ मंसिर २०७४, शनिबार ०९:४४

मङ्सिर १६, चितवन । वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले जनताले जनविरोधी गतिविधि गर्नेलाई मत नदिने बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले आज आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै बाँदरमुढे घटनाको योजना बनाउने र मतपत्र च्यातेर जनतालाई दुःख दिनेजस्ता काम गरेकालाई जनताले यसपटक सवक सिकाउने बताउनुभयो । 

जनताले अहिले आश्वासन नभई विकास चाहेको भन्दै उहाँले यसअघिका योजना सफल बनाउन र आगामी विकासका योजनालाई निरन्तरता दिनका लागि पनि जनताले विवेक पु¥याउने बताउनुभयो । 

“स्व गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्छु भन्ने अनि स्थानीय तहको निर्वाचनमा गरेको गठबन्धन तोड्ने अविश्वासी पात्र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई चितवनका जनताले पाठ सिकाउने छन्,” उहाँले भन्नुभयो । अहिलेको वाम गठबन्धनका कारण एमालेलाई ठूलो धक्का लागेको उहाँको भनाइ थियो । “व्यक्तिगत फाइदाका लागि जे पनि गर्न हुन्छ” उहाँले भन्नुभयो । 

माओवादी अध्यक्ष दाहालले निर्वाचन जिते चितवनको बदनाम हुने मन्त्री पाण्डेको भनाइ थियो । आफू यही क्षेत्रमा विगत २२ वर्षदेखि राजनीति गर्दै आएकाले जनताको हरेक पीडा आफूलाई थाहा भएको उहाँले बताउनुभयो । 

“उहाँ भर्खर चितवन आउनुभयो, यस क्षेत्रका लागि नयाँ हुनुहुन्छ,” उहाँले भन्नुभयो । दाहाललाई भेट्न जनताले विभिन्न बाटो प्रयोग गर्नुपर्ने चाहेर पनि भेट्न पनि नसक्ने भन्दै उहाँले आफूलाई सहजरुपमा भेट्न सक्ने बताउनुभयो । दाहाल यस क्षेत्रबाट उठ्दै गर्दा जनताले उहाँको विकल्पमा आफूलाई मतदान गर्ने मन्त्री पाण्डेको विश्वास छ । 

पाण्डेले यस क्षेत्रको विकास गर्दै पहिलो पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने आफ्नो योजना रहेको बताउनुभयो । जंगली जनावर यस क्षेत्रको आर्थिक विकासको मेरुदण्ड रहेको भन्दै उहाँले यसलाई व्यवस्थापन गर्न नसक्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको बताउनुभयो । आफूसँग विकासका लागि राम्रा योजना रहेको भन्दै उहाँले विदेशिएका युवालाई स्वदेशमा नै फर्काउने खालका कार्यक्रम आफूले तयार पारेको बताउनुभयो । 

रेवा, राप्ति, नारायणी नदीमा तटबन्ध गरेर त्यस आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने मनत्री पाण्डेले बताउनुभयो । तटबन्धमाथि सडक निर्माण गरी जनावारलाई बस्ती छिर्नबाट रोक्नेलगायतका काम आफूले गर्ने उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य