2026-10-21 06:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रचण्ड र बाम गठबन्धनको समाचार प्रसारण गर्न प्रतिवन्ध !

मङ्सिर १७, चितवन | चितवनको भरतपुरस्थिति मध्ये नेपालकै ठुलो भन्दै प्रसारण हुने कालिका एफएमले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको समाचारमा रोक लगाएको खुलाशा भएको छ ।

कालिका एफएम बन मन्त्री तथा चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेको लगानीमा संचालित एफएम हो । प्रचण्ड तथा बामगठबन्धन सम्बन्धि समाचार प्रसारणमा रोक लगाइएको बिषयमा एफएममै कार्यरत एक कर्मचारीले बताएको बिषयमा आज बिहान समाचार आएपछी सामाजिक संजालमा बिभिन्न प्रतिक्रिया आएका छन् । 

कालिका एफएमले एक हप्तादेखि  बिक्रम पाण्डे र लोकतान्त्रिक गठबन्धनका समाचारहरु मात्रै बजाएको भन्दै आरोप लगाइएको छ । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग पाण्डेको प्रतिस्पर्धा हुँदैछ । राप्रपाका पाण्डे  लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुन् भने प्रचण्ड वाम गठबन्धनबाट उम्मेदवार रहेका छन् । 

एफएमले बाम गठबन्धनको समाचार नदिने भन्दै चितवन तथा नवलपरासीका बम गठबन्धनका उम्मेदवारले समेत आरोप लगाएका छन् । संचार माध्यमले नै समाचार प्रसारणमा भेदभाव गरेपछि आचारसंहिता विपरीत भन्दै एफएममा नै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठाईएको छ ।

‘बाम गठबन्धनको सरकार आए जनताले रुन पनि नपाउने भन्दै भाषण गर्दै आउनेहरुले जनताको सूचना पाउने अधिकार नै बन्चित गरेर आफ्नो भित्री ब्यबहार देखाइएको छ’ नवलपुर १ बाट प्रतिनिधि सभा उम्मेदवार भविसोर पराजुलीले बताए । यस्तै यस बिषयमा समाचार बाहिरिए पछी चितवनका सरोकारवाला निकायहरु र नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतले ध्यानाकर्षण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ