2026-09-19 12:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका अपाङ्गता भएका व्यक्तिहरु भन्छन -‘दया हैन अवसर दिनोस्’

मङ्सिर १८, कञ्चनपुर । पाँच बर्षको उमेरमै पक्षघात हुदा अपाङ्गता भएका कञ्चनपुरको लालझाडी गाँउपालीका १ नौरंगाका ४२ बर्षिय दयाराम रानाले सीपमुलक कार्य गर्नका लागि अनुदान रकमको व्यवस्था गर्ने उम्मेदवारलाई भोट दिने सोच बनाउनु भएको छ । 

फर्निचर निर्माण गर्ने परम्परागत सीप सिकेका राना आधुनिक किसिमका फर्निचर निर्माण गर्नका लागि सीप सिकेर आफनै फर्निचर उद्योग सञ्चालन गर्न चाहनु हुन्छ । परम्परागत सीपलाई आधुनिकिरण गर्न नसक्दा थोरै आम्दानी हुन्छ उहाँले भन्नु भयो, “तीन छोरा सहित पाँच जनाको परिवारको खर्च चलाउन परम्परागत सीपले धान्दैन ।” अपाङ्गता भएका व्यक्तिहरुलाई सीपमुलक कार्य गर्नका लागि अनुदान रकम र तालिमका लागि सहयोग गर्ने उम्मेदवारलाई यस पटक मतदान गर्न आतुर भएपनि अहिले सम्म कोही पनि मत माग्नै नआएको उहाँले बताउनु भयो । 

अपाङ्गता भएका व्यक्तिहरुलाई समाजमा हेर्ने दृष्टिकोणमा परिवर्तन नआउदा उम्मेदवारले समेत भेटेनन् नौरंगामा आयोजना गरिएको २६ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवशका अवरमा भेटिएका रानाले गुनासो गर्दै बताउनु भयो । 

राजनीतिक दलका कार्यकर्ताहरुलाई अपाङ्गका आवाज उम्मेदवार सम्म पुरयाई दिन आग्रह गरिएको उहाँले बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरुलाई सपांग जस्तै शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा अवसर दिई आत्मनिर्भर बनाईनु पर्ने जानमती रानाले बताउनु भयो । 

परिवार र समाजका लागि केही गर्न चाहन्छौं उहाँले भन्नु भयो, “हामीलाई अवसर दिनुपरयो, त्यसका लागि सक्षम उम्मेदवारलाई यस पटक छनौट गरेरनै मतदान गर्छौ ।” अपाङ्गता हुदा विगतमा समाजमा घृणा गर्ने, होच्याउने, अपाङ्गता भएकाहरु परिवारका लागि बोझ जस्ता शव्द सुनेर २७ बर्षिय सोमवती राना वाक्क र दिक्क मान्ने गरेको बताउनु हुन्छ । हाल गैरसरकारी संस्थामा सानै पदमा भएपनि जागिर पाएपछि समाजले हेर्ने दृष्टीकोणमा परिवर्तन आएको बताउनु हुन्छ । सबैले सम्मान गर्छन । 

आदर साथ बोलाउन छन यो सबै आफै कमाएर परिवारको खर्च धान्न थालेपछि भएको बताउनु हुन्छ । सबै अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर दिईए कार्य गर्न सक्छन यसका लागि राज्यको नीतिमा परिवर्तन गरि अपाङ्ग समावेशी कानुन बनाई कार्यान्वय गर्ने दक्ष उम्मदेवारलाई भोट दिनु पर्ने उहाँको भनाई रहेको छ । उहाँले भन्नु भयो, “विगतमा कसले के गरे के गरेनन् त्यसका पछाडी जादैनौं, अहिले हाम्रा लागि कसले प्रतिवद्धता व्यक्त गरि कार्यान्वयनमा ल्याउन सक्छ त्यस्तो प्रतिनिधि र प्रदेश सभाको उम्मेदवारलाई छनौट गर्छौ ।” 

अपाङ्ग मैत्री सरकारी संरचना निर्माण नहुदा अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा सुविधा प्राप्त गर्न असुविधा हुने गरेको छ मुकेश रानाले भन्नु भयो, “महिला तथा बालबालीका मन्त्रालयले जारी गरेको निर्देशिकामा सरकारी कार्यालयमा अनिवार्य रुपमा अपाङ्ग मैत्री संरचना निर्माण गरिनु पर्ने उल्लेख गरिएको भएपनि अधिकांस सरकारी कार्यालय अपाङ्गग मैत्री हुन नसक्दा सेवा पाउन सकेका छैनौं ।” 

“सरकारी कार्यालयमा अपाङ्गता भएका व्यक्तिहरुले ह्विल चेयर गुडाएर कार्यालय सम्म पुगि सहज रुपमा सेवा सुविधा लिन सक्ने गरी भवन निर्माणका लागि कार्य अगाडी बढाउने उम्मेदवारको छनौटमा लागेका छौं” उहाँले भन्नु भयो ।

 अपाङ्गता भएका व्यक्तिहरु पढाईमा अव्वल भएपनि जागिर पाईदैन, पाई हालेपनि अपाङ्गता भएका काम गर्न नसक्ने भन्दै निकालि दिने गरेका छन अवसर दिईए सपांग जस्तै कार्य गर्न सकिन्छ, हामीलाई कार्य गर्ने अवसर दिने कानुन बनाउने उम्मेदवारनै रोजाईमा छ सियाराम रानाले भन्नु भयो, “हामी क्षमता अनुसारको कार्य गर्न चाहन्छौं, समाज र देशका लागि केही गर्न चाहन्छौं । हाम्रा लागि कार्य अगाडी बढाउने व्यक्तिको खाँचो छ । 

प्रतिनिधि र प्रदेश सभाका लागि भोट माग्दै हिडेका सक्षम उम्मेदवारलाई नै छनौट गरि मतदान गर्छौ ।” अपाङ्गता भएका व्यक्तिहरुले शिक्षा, स्वास्थ्य, रोजगार पाउनका लागि निर्णायक तहमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्वको माग समेत अघि सारेका छन । 

सामाजिक सुरक्षा अन्र्तगत पाउदै आएको भत्ताको रकम र छात्रबृतिको रकममा समेत जीवन धान्न सकिने गरि उपलव्ध गराईनु पर्ने अपाङ्गता भएका व्यक्तिहरुको भनाई रहेको छ । 

विसं २०६८ को जनगणना अनुसार कञ्चनपुरमा चार लाख ५१ हजार २४८ जनसंख्या मध्ये नौ हजार ७० जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन । जुन कुल जनसंख्याको २ प्रतिशत रहेको छ । प्रदेश नं ७ का नौ वटै जिल्लामा भने अपाङ्गता भएका व्यक्तिहरुको जनसंख्या ६७ हजार ८३० रहेको छ । राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो