२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबद्वारा यमनलाई सशस्त्र हुठी समूहबाट मुक्त गर्न आग्रह

२०७४, १९ मंसिर मंगलवार १७:५६

मङ्सिर १९, रियाद, साउदी अरब (रासस/एएफ्पी) | साउदी अरबले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहलाई हुठी विद्रोहीले हत्या गरेपछि पहिलोपटक औपचारिक धारणा सार्वजनिक गर्दै मङ्गलबार इरानको सहयोग प्राप्त हुठी लडाकूबाट यमनलाई मुक्त गर्नुपर्ने बताएको छ । 

साउदी अरबको मन्त्रीपरिषद्ले एक विज्ञप्ति जारी गरी “यमनी जनताद्वारा नेतृत्व गरेको विद्रोहले इरानको सहयोग प्राप्त विखण्डनकारी हुठी लडाकूबाट यमनलाई मुक्त गर्ने विश्वास लिएकोे,” साउदी अरबको एसपिए न्यूज एजेन्सीले जनाएको छ । 

विज्ञप्तिमा ‘इरानबाट सहयोगप्राप्त’ यमनी हुठी समूहद्वारा सोमबार मारिनुभएका पूर्व राष्ट्रपति सालेहको बारेमा केही जनाइएकोे छैन । यमनमा करिब ३३ बर्ष शासन गरेका सालेहले सन् २०१४ पछि यमनी सिया हुठी विद्रोहीको सहयोग लिनुपूर्व साउदी अरबको सहयोगी हुनुहुन्थ्यो । 

सालेह, उहाँका भतिजा, केही आफन्त र सालेहको दलका महासचिव सबै जनालाई सोमबार खावलान जिल्लाबाट साउदी अरब नेतृत्वको गठबन्धनको नियन्त्रणमा रहेको मारिव प्रान्ततर्फ भाग्ने क्रममा मारिएको, यमनीगृह मन्त्रालयले सोमबार जनाएको थियो । 

पूर्व राष्ट्रपति सालेहले शनिबार इरान समर्थक हुठी विद्रोहीसँगको गठबन्धन अन्त्य भएको घोषणा गर्नुभएको थियो । सालेहले हुठी विद्रोहीको सहयोगमा यमनी राजधानी सानामा करिब तीन वर्ष संयुक्त रूपमा शासन सम्हाल्नुभएकोे थियो । 

इरानले यमनी हुठी विद्रोहीलाई हतियार दिएको भन्ने साउदी अरबको भनाईलाई खण्डन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा