२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरकोटको बतासेडाँडामा भ्यू टावरसहितको होटल निर्माण गरिने

२०७४, २० मंसिर बुधबार ०२:४५

मङ्सिर २०, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ । 

मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकारसम्मेलनमा नगरप्रमुख सोम मिश्रले यसबारे जानकारी दिँदै नगरपालिकाले नगरकोटको बतासे डाँडामा १० तलाको भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको जानकारी दिनुभयो । 

कूल रु एक अर्ब ५३ करोडको लागतमा निर्माण हुने भ्यू टावरबाट आठवटा हिमशृङ्खला देख्न सकिने, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड, चारवटा लिफ्ट, लक्जरी रुम र दशौँ तलामा रिभोलिङ अर्थात् घुम्ने रेस्टुरेन्टको समेत व्यवस्था गरिने नगरप्रमुख मिश्रको भनाइ थियो । 

सार्वजनिक निजी साझेदारीको अवधारणामा यसै वर्षदेखि निर्माण शुरु गरिने उक्त भ्यू टावरसहितको होटल अन्तर्राष्ट्रिय मापदण्डअनुसार २० देखि ३० वर्षसम्मका लागि लगानी गर्ने प्राइभेट कम्पनीलाई दिएर नगरपालिकाको स्वामित्वमा आउने गरी व्यवस्थापन मिलाइएको छ । 

सांस्कृतिक संग्रहालय, सपिङ सेन्टर, मूर्तिकला कला तथा हस्तकला, सभा हल, फिटनेस सेन्टर, लक्जरी रुम, सूर्योदय हेर्ने भ्यू टावर, पौडीपोखरीलगायतको संरचना रहनेछन् । 

कूल एक लाख ५० हजार वर्गफिट क्षेत्रफलमध्ये १४ हजार ५०० वर्गफिट क्षेत्रफलमा संरचना निर्माण हुने साई संकेत नेपालका अध्यक्ष गोकर्ण खनालले जानकारी दिनुभयो । 

कार्यक्रममा आर्किटेक अमृता पराजुलीले लिफ्टको प्रयोगबिना कुनै पनि तलामा जान नमिल्ने र चौथो तलाभन्दा माथिको संरचनामा जान लिफ्टको अनिवार्य प्रयोग गर्नुपर्ने, कोठामै बसेर दृश्य अवलोकन गर्न सकिने र सिधै भ्यू टावरमा जानका लागि छुट्टै लिफ्टको व्यवस्था गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी