२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नगरकोटको बतासेडाँडामा भ्यू टावरसहितको होटल निर्माण गरिने

२० मंसिर २०७४, बुधबार ०२:४५

मङ्सिर २०, भक्तपुर । चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ । 

मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकारसम्मेलनमा नगरप्रमुख सोम मिश्रले यसबारे जानकारी दिँदै नगरपालिकाले नगरकोटको बतासे डाँडामा १० तलाको भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको जानकारी दिनुभयो । 

कूल रु एक अर्ब ५३ करोडको लागतमा निर्माण हुने भ्यू टावरबाट आठवटा हिमशृङ्खला देख्न सकिने, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड, चारवटा लिफ्ट, लक्जरी रुम र दशौँ तलामा रिभोलिङ अर्थात् घुम्ने रेस्टुरेन्टको समेत व्यवस्था गरिने नगरप्रमुख मिश्रको भनाइ थियो । 

सार्वजनिक निजी साझेदारीको अवधारणामा यसै वर्षदेखि निर्माण शुरु गरिने उक्त भ्यू टावरसहितको होटल अन्तर्राष्ट्रिय मापदण्डअनुसार २० देखि ३० वर्षसम्मका लागि लगानी गर्ने प्राइभेट कम्पनीलाई दिएर नगरपालिकाको स्वामित्वमा आउने गरी व्यवस्थापन मिलाइएको छ । 

सांस्कृतिक संग्रहालय, सपिङ सेन्टर, मूर्तिकला कला तथा हस्तकला, सभा हल, फिटनेस सेन्टर, लक्जरी रुम, सूर्योदय हेर्ने भ्यू टावर, पौडीपोखरीलगायतको संरचना रहनेछन् । 

कूल एक लाख ५० हजार वर्गफिट क्षेत्रफलमध्ये १४ हजार ५०० वर्गफिट क्षेत्रफलमा संरचना निर्माण हुने साई संकेत नेपालका अध्यक्ष गोकर्ण खनालले जानकारी दिनुभयो । 

कार्यक्रममा आर्किटेक अमृता पराजुलीले लिफ्टको प्रयोगबिना कुनै पनि तलामा जान नमिल्ने र चौथो तलाभन्दा माथिको संरचनामा जान लिफ्टको अनिवार्य प्रयोग गर्नुपर्ने, कोठामै बसेर दृश्य अवलोकन गर्न सकिने र सिधै भ्यू टावरमा जानका लागि छुट्टै लिफ्टको व्यवस्था गरिएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य