२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा विवादका कारण रोकिएको मतदान शुरु

२१ मंसिर २०७४, बिहीबार ०७:३१

मङ्सिर २१, भक्तपुर । भक्तपुर क्षेत्र नं. २ को प्रदेश नं. (क) सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित साविक सिरुटार मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र वितरण गरेपछि भएको विवादका कारण रोकिएको मतदान पुनः शुरु भएको छ । 

आज बिहान ७ बजेबाट शुरु भएको मतदानका क्रममा करिब ८ बजे साविक सिरुटार गाविस मतदानस्थलको (ख) मतदान केन्द्रमा प्रदेशसभातर्फको मतपत्र वितरणको क्रममा मतदान अधिकृत डोलप्रसाद जैसी पराजुलीले हस्ताक्षर नगरी मतपत्र वितरण गरेको पाइएपछि विवाद भएको थियो । 

करिब ३० वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मत खसेको अनुमान गरिएको छ । हस्ताक्षर नभएको मतपत्र खसेको जानकारी पाएलगत्तै निर्वाचन अधिकृत पराजुलीलाई मतदान केन्द्रबाट निष्कासन गरिएको छ । 

एमालेका प्रतिनिधिले मतदान अधिकृतको हस्ताक्षर नभएको मतको पनि गणना गर्ने सर्वदलीय सहमति हुनुपर्ने माग राखेको र नेपाली काँग्रेसका प्रतिनिधिले हस्ताक्षर नभएको मत रद्द हुनुपर्ने अडान राखेपछि मतदान रोकिएको थियो । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसहितको सुरक्षाकर्मीको टोलीले मतदानस्थलको अनुगमन गर्दै हस्ताक्षर नभएको मत सदर गर्ने कि बदर गर्ने भन्नेबारेमा पछि छलफल गर्नेगरी मतदान सुचारु गर्न आग्रह गरेपछि मतदान शुरु भएको छ । 

यता भक्तपुरको क्षेत्र नं. १ प्रदेश नं. (ख) भक्तपुर नगरपालिका स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय मतदान केन्द्रमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, चोछे मतदान केन्द्रबाट नेमकिपाका प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवाल र थिमि बोडे मतदान केन्द्रबाट क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार अनुराधा थापामगरले मतदान गर्नुभयो । 

त्यसैगरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले गुण्डुको भैरबी निमावि केन्द्रबाट मतदान गर्नुभएको छ । नेपाली काँग्रेसका क्षेत्र नं. २ का उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगरपालिकास्थित गःपली मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान