2026-07-03 10:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा विवादका कारण रोकिएको मतदान शुरु

2017-12-07

मङ्सिर २१, भक्तपुर । भक्तपुर क्षेत्र नं. २ को प्रदेश नं. (क) सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित साविक सिरुटार मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र वितरण गरेपछि भएको विवादका कारण रोकिएको मतदान पुनः शुरु भएको छ । 

आज बिहान ७ बजेबाट शुरु भएको मतदानका क्रममा करिब ८ बजे साविक सिरुटार गाविस मतदानस्थलको (ख) मतदान केन्द्रमा प्रदेशसभातर्फको मतपत्र वितरणको क्रममा मतदान अधिकृत डोलप्रसाद जैसी पराजुलीले हस्ताक्षर नगरी मतपत्र वितरण गरेको पाइएपछि विवाद भएको थियो । 

करिब ३० वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मत खसेको अनुमान गरिएको छ । हस्ताक्षर नभएको मतपत्र खसेको जानकारी पाएलगत्तै निर्वाचन अधिकृत पराजुलीलाई मतदान केन्द्रबाट निष्कासन गरिएको छ । 

एमालेका प्रतिनिधिले मतदान अधिकृतको हस्ताक्षर नभएको मतको पनि गणना गर्ने सर्वदलीय सहमति हुनुपर्ने माग राखेको र नेपाली काँग्रेसका प्रतिनिधिले हस्ताक्षर नभएको मत रद्द हुनुपर्ने अडान राखेपछि मतदान रोकिएको थियो । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसहितको सुरक्षाकर्मीको टोलीले मतदानस्थलको अनुगमन गर्दै हस्ताक्षर नभएको मत सदर गर्ने कि बदर गर्ने भन्नेबारेमा पछि छलफल गर्नेगरी मतदान सुचारु गर्न आग्रह गरेपछि मतदान शुरु भएको छ । 

यता भक्तपुरको क्षेत्र नं. १ प्रदेश नं. (ख) भक्तपुर नगरपालिका स्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालय मतदान केन्द्रमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, चोछे मतदान केन्द्रबाट नेमकिपाका प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवाल र थिमि बोडे मतदान केन्द्रबाट क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार अनुराधा थापामगरले मतदान गर्नुभयो । 

त्यसैगरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले गुण्डुको भैरबी निमावि केन्द्रबाट मतदान गर्नुभएको छ । नेपाली काँग्रेसका क्षेत्र नं. २ का उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगरपालिकास्थित गःपली मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो