टेक शाही/मङ्सिर २१, डोल्पा । जिल्ला अस्पातल डोल्पामा डिजिटल एक्सरे मेसिन खरिद गरिने भएको छ ।
ठुलीभेरि नगरपालिका र त्रिपूरा सुन्दरी नगरपालिकाको ३५ लाख आर्थिक सहयोगमा डिजिटल एक्सरे मेसिन खरिद गर्न लागिएको हो । ठुलीभेरि नगरपालिकाले २० लाख बिनियोजन गरि सकेको र त्रिपूरासुन्दरी नगरपालिकाले पनि त्यसमा लाग्ने बाँकी रकम तत्काल दुबै नगर कार्य समितिको बैठक बसि टुङग्याउने त्रिपूरा सुन्दरी नगरापलिकाका प्रमूख ओम बहादुर बुढाले जानकारि दिए । उनका अनुसार जनताको लागि सेवा र सुबिधा नजिकै हुन्छ भने जनताको रुपैया जनताका लागि नै खर्च गर्न पर्ने र स्वास्थ्य जस्तो अति महत्वपूर्ण कुरामा लगानि गर्नु सकारात्मक कुरा भएको बताए ।
हाल १५ सैयामा सञ्चालित जिल्ला अस्पतालमा डिजीटल एक्सरे मेसिन राखे डोल्पा जिल्लाका ८० प्रतिशत जनता लाभाम्बीत हुने छन । आर्थिक अबस्था कम्जोर भएका जनताले शहरको महगो उपचार गर्न जान नपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रणलाल कुलाले बताए । उनले भने स्थानिय तहको सहयोगमा डिजीटल एक्सरे मेसिन राखे धेरै जासो चेकजाँच जिल्ला अस्पातलमा नै हुने भएकाले डोल्पाली जनताले राहतको महसुस गर्ने पनि बताए ।
स्वास्थय क्षेत्रमा गैरसकारी सस्थाले केहि प्रभाबकारि काम गरेका छन । नेपाल रेडक्रस सोसाइटिले खानेपानि र सरसफाइ सम्बन्धी काम गरेको छ । पानिको पहुच नभएका जिल्लाका लावन,रह लगायतका बिभिन्न साविकका बस्तिहरुमा खानेपानिका काम गरेको छ । जसबाट जनताहरु प्रत्यक्ष लाभाम्बीत भएका छन ।
जिल्ला अस्पतालमा इन्सुनेटर निर्माण गरेको छ करिव ३ लाखको लागतमा जिल्ला अस्पतालको प्राङ्गणमा उक्त इन्सुनेटरको निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटि जिल्ला साखा डोल्पाका सँयोजक टेकम ओलीले जानकारि दिए । त्यसरि निर्मान गरिएको खाडलमा सालहरु राखिने र सँक्रमणबाट बच्न सकिने पनि ओलीले बताए ।
एसएनभि नेपालले पनि सुरक्षित खानेपानि र सौर्य उर्जाको काम गरि रहेको छ । जिल्लामा रहेको स्वास्थय चौकि र केहि बस्तिहरुमा सुरक्षित खानेपानि र सौर्य उर्जाको काम गन थालेको छ । जिल्ला स्वास्थय कलष्टर बैठकमा उक्त कुराको जानकारि गराइएको थियो ।
त्यसै गरि जिल्लामा स्वास्थ्य र खानेपानि सम्बन्धी आरआरएन डोल्पाले पनि काम गरेको बताएको छ । सामुदायिक बिकास कार्यक्रम सिडिपिले पनि जिल्लाका करिव ११ वटा साविकका गाविसहरुमा स्वास्थ्य लागयत खानेपानिका बिभिन्न क्षेत्रमा काम गरेको र जनता प्रत्यक्ष लाभाम्बित भएको जानकारि उक्त बैठकमा आरआरएन डोल्पाका सँयोजक छविलाल तामाङले जानकारि दिए । उनले भने अब कुनै पनि काम गर्दा स्थानिय सरकारको माताहतमा गरिने सँस्थाले चाहेर नहुने बताए । डोल्पा जिल्लामा स्वास्थ्य क्षेत्रमा सुधार गर्न स्थानिय सरकार नै मुख्य जिम्मेवार हुने सबैको सुझाब रहेको छ ।
स्थानिय तहमा जनताको लागि सरकारको नुन खाएर काम गर्ने कर्मचारिहरुलाइ भत्ताको ब्यवस्था हुने गर्ने भएका छन । काम गर्नेलाइ दाम र काम नगर्नेलाइ सजाय हुने छ । डोल्पा जिल्लाका सबै स्थतानिय तहमा आवास्यक पर्ने औषधिहरु तत्काल खरिद गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय माफर्एत नेपाल सरकारको अनुदान १ लाख २० हजार सहित स्थानियल तहले बिनियोजन गरेको अनुदान सहित तत्काल ओषधि खरिद गरि जनतालाइ बितरण गर्न स्थानिय निकायका प्रमूख र जिल्ला समन्वय समितिका सँयोजक शेर बुढाले निर्देशन गरेका छन ।
जिल्लामा खरिद भएर आएको औषधिको स्थानिय तह सम्म लैजाने डुवानी भाडा स्थानिय तहले ब्यहोर्ने र अन्य अनुदान जनस्वास्थ्यले दिने भएको छ । स्थानिय तहमा औषधि खरिद गर्दा जनप्रनिधिलाइ जानकारि नगारइ खरिद गर्न नपाएने त्रिपूरा सुन्दरी नगरपालिकाका प्रमूख ओम बहादुर बुढाले बताए । उनले भने जनताका लागि काम गर दैनिक भत्ताको ब्यवस्था गर्छू तर काम नगरे जनताका नाममा ठगि गर्नेलाइ कारवाहि गर्ने समेत चेतावनी दिए ।
कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान डोल्पा जनताका लागि सेवा दायिक नभएर बाधक भएको निष्कर्ष निस्कीएको छ । बिगत लामो समय देखि डोल्पा जिल्लामा स्वास्स्थ्य क्षेत्रमा सहयोग गर्नको लागि जिल्ला अस्पताल डोल्पामा प्रबेश गरेको कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान पछिल्लो समय सेवाका नाममा बाधक बनेको छ ।
दर्जनौ कर्मचारि सहित जिल्लामा आएको प्रष्ठिानले पछिल्ला तिन बर्षमा जनताको लागि प्रभाबकारि काम नगरेको सेवाग्राहीको गुनासो रहेको छ । सेवाग्राहिरु भन्छन शिबिरको जस्तो मात्र जिल्लामा कर्मचारिहरु आउछन उपचार भने जस्तो पाइएका छैनौ । सरकारले दिने सेवा पनि कटौति गर्दा सेवा दिन होइन सेवा खोसेको छ काष्टले जनताको गुनासो छ कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान प्रति ।
सरोकारवाला निकाय भन्छन कि सरकारसँग गरेको सम्झौता अनुसार काम गरीदेउ कि त सम्झौता तोड अर्को बिकल्पको खोजी गर्छौ । कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठानले डोल्पालीहरुको स्वास्थ्य सेवा र सरकारी अनुदान कटौति गरेको आरोप रहेको छ ।
सरकारसँग गरेको जस्तो सेवा प्रदान गर्न नसके पछि कास डोल्पामा जनताको बिश्वास जित्न सकेको छैन । नियमित कर्मचारि र आबास्यक प्राबिधिक प्रर्वाधार सहित सेवा नियमित गर्न लागउने जिल्लाका सरोकारवाला निकायको भनाइ रहेको छ ।