Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुर २ मा वाम गठबन्धनको विजयी

२०७४, २४ मंसिर आईतवार ०२:०४

मङ्सिर २४, भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटै सिटमा वाम गठबन्धनले जित हासिल गरेको छ । 

क्षेत्र नं २ मा वाम गठबन्धनका नेकपा(एमाले) उम्मेदवार महेश बस्नेतले नेपाली काँग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले पराजित गर्नुभएको छ । 


गएराति अबेर सम्पन्न मतगणनामा बस्नेतले ३६ हजार ४१२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी काँग्रेसका ढुंगानाले १८ हजार ६८७ मत प्राप्त गर्नुभयो । त्यस्तै, नेमकिपाकी अनुराधा थापा मगरले पाँच हजार ४७१ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा १ मा वाम गठबन्धनका उम्मेदवार एमालेका शशिजंग थापा र प्रदेशसभा २ मा वाम गठबन्धनकै उम्मेदवार एमालेका राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ । 

प्रदेशसभा १ मा (एमाले)का थापाले काँग्रेसका अंगत खड्कालाई १० हजार ४०० मतान्तरले पराजित गर्नुभयो । एमालेका थापाले १९ हजार ५१५ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्काले नौ हजार ११५ मा चित्त बुझाउनुभएको छ ।  

यसैगरी, भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा २ मा पनि एमालेका राजेन्द्रमान श्रेष्ठले काँग्रेसका गणेशमान चक्रधरलाई दुई हजार ६९१ मतान्तरले हराउनुभएको छ । 

एमालेका श्रेष्ठले १४ हजार २२९ मत ल्याएर विजयी हुँदा काँग्रेसका चक्रधरले ११ हजार ५३८ मा चित्त बुझाउनुभएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश